काठमाडौं, ६ पूस– पश्चिमी वायुको प्रभावले बुधबार देशभर बद्ली भएको छ । उक्त वायुको प्रभावले खासगरी पश्चिमी भेगमा बढी असर परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही दिनदेखि विकसित यो प्रणाली बुधबार बढी सक्रिय भएका कारण सुदूरपश्चिमदेखि काठमाडौँ उपत्यका पूर्वसम्मको क्षेत्रमा बद्ली रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिए । उनका अनुसार, दिउँसो सुदूरपश्चिम भेगमा छिटफुट वर्षा हुने संभावना छभने तराई क्षेत्रमा पनि कुइरो लाग्ने अनुमान गरिएको छ । काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम बढेको भएपनि बद्लीका कारण घाम राम्ररी नलाग्दा केही चिसो महशुस गरिएको छ । बद्लीको अवस्था बुधबार रातिसम्म जारी रहने र बिहिबारदेखि क्रमिक सुधार हुने मौसमविद श्रेष्ठको भनाई छ । बुधबार काठमाडौँ उपत्यकाको न्यूनतम ५.६ र अधिकतम तापक्रम १९.५ डिग्रिसेल्सियस रहेको छ । सबैभन्दा कम जुम्लाको १.४ र विराटनगरको अधिकतम तापक्रम २५ डिग्रिसेल्सियस रहेको छ ।
Previous Articleजनताको मतादेश राजनैतिक स्थायित्वका लागि – सांसद पौडेल
Next Article टोल–टोलमा सांसद