बागलुङ, ७ पूस– प्रतिनिधिसभा सदस्य डा. सुर्य पाठक र प्रदेशसभा सदस्य कृष्ण थापाले बुधबार जिल्लाको नारायणस्थान र पैञ्युपाटामा धन्यबाद ज्ञापन गर्न घरदैलो गरेका छन् । निर्वाचित भए पछि धन्यवाद ज्ञापन गर्न गाउँ पसेका सभासदहरुले बुधबार बाट बागलुङ नगरपालिकाका वडाहरुमा प्रबेश गरेका हुन । बरेङ गाउँपालिका र जैमिनी नगरपालिकामा धन्यबाद ज्ञापन सकेर बागलुङ नगरपालिकाका दक्षिणी वडाहरुबाट धन्यबाद दिन सुरु गरीएको सांसद पाठकले बताए ।
बुधबार जिल्लाको नारायण स्थान र पैञ्युपाटाका प्रत्यकवडामा पुगेर उनिहरुले धन्यवाद ज्ञापन गरेका थिए । यता प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटा धन्यवाद ज्ञापन गर्न जिल्लाको रायडाँडामा पुगेका थिए । आफ्नो धन्यवाद ज्ञापन कार्यक्रमलाई अनितम चरणमा पु¥याएका सापकोटाले बुधबार रायडाँडामा आयोजीत बिजयीसभा तथा धन्यबाद ज्ञापन कार्यक्रमलाई सम्बोधन गरे । रायडाँडा पुगेर सापकोटाले चुनाव अघि गरेका सबै बाचा पुरागर्ने प्रतिबद्धता जनाएका थिए ।
कार्यक्रममा माओबादी केन्द्रका केन्द्रिय सदस्य यज्ञबल्लभ शर्मा, एमाले नगर संयोजक गोबिन्द गौतम, राजमोका प्रदेशकमिटी सदस्य चन्द्र केसी लगायतले बोलेका थिए । ओमबहादुर केसीको अध्यक्षता, यम थापा मगरको सञ्चालन र पोटीलाप्रसाद शर्माको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।