थम्मन थापा
बागलुङ, ६ पुस – नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा प्रतिनिधि सभा बागलुङ क्षेत्र नं २ का नव निर्वाचित सांसद देबेन्द्र पौडेलले जनताले दिएको मतादेश राजनैतिक स्थायित्वका लागि भएको बताएका छन् । विगतमा सरकार फेरिएको फेरियै, मन्त्री फेरिएको फेरियै गर्ने गलत परम्पराका कारण सरकारको स्थिरता नहुॅदा मुलुकले विकासमा गति लिन नकसेको बताए ।
बागलुङको गलकोट नगरपालिका ११ रिघा र वडा नं ८ कॉडेबासमा बुधबार आयोजित विजयी सभा तथा बधाई कार्यक्रममा बोल्दै पौडेलले भनें, ‘नेपालमा धेरै राजनैतिक पार्टी भएकै कारण थोरै पार्टी निर्माण गरि देशको विकास र समृद्विको निमित्त बाम गठबन्धन निर्माणसॅगै पार्टी एकता हुनेछ।’ उनले अब बन्ने बामपन्थीहरुको सरकारले ज्येष्ठ नागरिकहरुको सम्मान गर्दै वृद्व भत्ता मासिक रु ५ हजार बनाउन क्याबिनेटको पहिलो बैठकमा पहल हुने समेत बताए ।
सांसद पौडेलले वर्तमान सरकारले यो या त्यो बाहनामा बखेडा नझिकि जनमतको कदर गर्दै नयॉ सरकार गठनको लागि मार्ग प्रशस्त गर्न समेत अपिल गरे । जनता सामु चुनावको बेला गरेका प्रतिवद्वताहरु प्रकृयागत रुपमा क्रमश अगाडि बढाउँदै विकास र समृद्विमा लाग्ने समेत जोड दिएका छन् ।
कार्यक्रममा बागलुङ क्षेत्र नं २ प्रदेश (क) बाट नव निर्वाचित सांसद चन्द्र बुढा सागरले देशमा सिमित श्रोत साधन असिमित ईच्छा आकांक्षा र आवश्यकताहरु रहेको भन्दै क्रमश अगाडि बढाउने बताएका छन् । आफू यस क्षेत्रका जनताको भावना र आवश्यकताहरुलाई नजिकबाट नियालेको भन्दै विकास र समृद्विमा स्थानिय स्तरबाटै हातेमालो गर्ने बताए ।
मंसिर १० गते पहिलो चरणमा निर्वाचन सम्पन्न भई बाम गठबन्धनबाट विजयी बनेका पौडेल र बुढा मतदातालाई धन्यवाद दिन र भेटघाटको निमित्त त्यहॉ पुगेका थिए । विजयी सभा तथा बधाई कार्यक्रममा बाम गठबन्धनका स्थानिय नेता कार्यकर्ता, शुभेच्छुक र स्थानियको उपस्थिति रहेको थियो । विजयी सभा तथा बधाई कार्यक्रम शुभारम्भ हुनु पूर्व बाजागाजा, नारा जुलुश सहितको र्यालीले काँडेबास बजार र रिघाका विभिन्न स्थानको परिक्रमा गरेको थियो ।
Previous Articleसाढे ३ अर्बमा दुई हेलिकप्टर किन्दै सेना
Next Article पश्चिमी वायुको प्रभावले बद्ली