प्रेम बहादुर थापा
प्रतिनिधि, प्रदेश सभाको चुनाव पनि भयो
नेपाली कांग्रेस प्रतिपक्ष वाम विजयी भयो ।
धन्य छ देउवा सरकार चुनाव गराई छाड्यौ
जस्ले जे भनेपनि जिम्मेवार पुरा गरी छाड्यौ ।।
एउटै थियो चाहना स्थायी सरकार आवस
परिवर्तन होस यहाँ विकासको कान्ति छाओस ।
पहिलो काम संविधानको सम्पन्न भयो चुनाव
हार हुनेले नआत्तिनु, जीत हुनेले नमात्तिनु नलिनु तनाव ।।
दिनहरु ढल्कदै जान्छन् शुरु हुन्छन रातहरु
नगरे राम्रो कर्म पाउदैनन् सधैं साथहरु ।
जनता जनार्दन हुन पालना गर जनादेश
निर्माण गर्न राष्ट्र समुन्नत देउ सकारात्मक आदेश ।।
हुन्थ्यो सदन अवरुद्ध स्पष्ट बहुमत नहुँदा
हुन्थ्यो झगडा शुरु तब विधेयक पास नहुँदा ।
सत्ताइस वर्षको अवधिमा वीस ओटा बन्यो सरकार
जनताको अधिकारमा खेल्न छैन कसैलाई अधिकार ।।
लागु गर मुल कानुन बनोस् समावेशी
समृद्धि होस हिमाल, पहाड अनि तराईवेशी ।
पढेको छु घोषणा–पत्र विजयी पार्टीको मैले
पुरा गर सपना देखेको मौका आ छ ऐले ।।
काठेखोला गाउँपालिका–७ रेश
(हाल सिद्धार्थ शिक्षा सदन, बागलुङ)