नवलपरासी, ५ पुस – हरेक वर्ष यही याममा नवलपरासीमा आयोजना हुने गरेको अन्तर्राष्ट्रिय हात्तीपोलो प्रतियोगिता यस वर्षबाट नहुने भएको छ। जिल्लामा ३५औँ संस्करणसम्म लगातार सफलतापूर्वक सम्पन्न गरिएको हात्तीपोलो प्रतियोगिता यस वर्षबाट नखेलाउने आयोजक टाइगर टप्सले जनाएको हो।
हरेक वर्ष यही याममा गरिँदै आएको सो खेल हेर्न बाह्य पर्यटक नवलपरासी आउने गरेका थिए। हात्ती माथि बसेर घुमाउन बन्द गरिएका कारण सो प्रतियोगिता बन्द गर्नु परेको टाइगर टप्सका प्रबन्ध निर्देशक डिबी चौधरीले जानकारी दिए।’जनावरलाई दुःख दिने संस्कृतिको अन्त्य गर्न प्रतियोगिता बन्द गर्ने निर्णय गरेका हौं’ उनले भने।
वन्यजन्तु पर्यटनलाई नयाँ रुपमा विकास गर्न जनावरलाई भारी हुने काम नगराउने तथा घण्टौं पर्यटक हात्तीमाथि राखेर घुमाउने काम बन्द गरेका कारण खेल बन्द गरिएको चौधरीको भनाइ छ।
हात्तीलार्इ दु:ख भयो भन्दै बन्द गरियो अन्तर्राष्ट्रिय हात्तीपोलो खेल
Previous Articleराष्ट्रियसभा नभई सरकार बन्दैन भन्ने भ्रम मात्र – ओली
Next Article २५ वर्ष पुरानो भ्रूणबाट जन्मियो स्वस्थ बच्चा