काठमाडौं, ५ पुस – नेपाल प्रहरीका पूर्व नायव महानीरिक्षक (डिआइजी) नवराज सिलवालविरुद्ध कीर्ते जाहेरी दर्ता भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले सिलवालविरुद्ध काठमाडाैं जिल्ला अदालतमा कीर्ते जाहेरी दर्ता गरेकाे हो । कीर्ते जाहेरी दर्ता भएसँगै नेकपा एमालेबाट हालै चुनाव जितेका सिलवाल फरार अभियुक्त दर्ज भएका छन् ।
सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्त गर्दा आफूमाथि अन्याय भएको भन्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता गर्दा सिलवालले कार्यसम्पादन मूल्याङ्कन (कासमू) कीर्ते गरेको अभियोग लगाइएको छ । सर्वोच्च अदालतले हालै सार्वजनिक गरेको फैसलाको पूर्णपाठमा कासमू कीर्ते गरेको भन्दै कारबाही गर्न सरकारका नाममा आदेश जारी गरेको थियो ।
महानगरीय प्रहरी परिसर स्रोतले सिलवालविरुद्ध कीर्ते गरेको भन्दै जाहेरी दर्ता गरिएकाे बताएको छ । प्रहरीले थप अनुसन्धान गरी मुद्दा प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ । प्रहरी स्रोतका अनुसार सिलवालविरुद्ध फौजदारी अपराधअन्तर्गत अनुसन्धान शुरु गरिएको छ । सिलवालविरुद्धको अभियोग प्रमाणित भएमा उनको संसद पद गुम्ने छ ।
Previous Articleनेपालमा गरिबको संख्या ७ प्रतिशतले बढ्यो
Next Article राष्ट्रियसभा नभई सरकार बन्दैन भन्ने भ्रम मात्र – ओली