बागलुङ, ५ पूस– नेपाली लोकगित संगीतको क्षेत्रमा चर्चाको शिखरमा रहेका कलाकार पुरस्वत्तम न्यौपानेको स्वरमा नयाँ गित ‘दुःखमा सहारा नपाएर हो’ बजारमा आएको छ । स्टार डिजिटल पोखाराले गित बजारमा ल्याएको हो । शिव सुबेदीको लय शव्द रहेको निकै मार्मिक गितमा न्यौपानेले एक्लै आवाज दिएका छन् । बैदेशीक रोजगारीमा जान पर्नुको बाध्यताका बिषयमा तयार पारिएको गितिएल्वम मा सुबेदीले निकै भावुक शव्दहरुको चयन गरेका छन् । पौषको पहिलो साता आफ्नो आधिकारीक युट्युव च्यानल मार्फत स्टार डिजिटलले यो गीत सार्वजनिक गरेको हो । देशमा बिद्यमान राजनीतिक ब्यबस्थाका कारण काठमाण्डौले हजारौं युवा धपाएको कुरा गितमा उल्लेख गरीएको छ ।