पर्वत, ५ पूस– कुश्मा नगरपालिकाका विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि १५ बुँदे प्रतिबद्धता सार्वजनिक गरिएको छ । सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या बढाउन र अभिभावकको विश्वास बढाउन नगरपालिका, शिक्षा शाखाले प्रधानाध्यापकको बैठकमार्फत शैक्षिक गुणस्तर वृद्धिका लागि विभिन्न निर्णय गरेको छ । सबै विद्यालयमा गरिएका असल अभ्यासको आदानप्रदान गर्ने, नगरपालिकाका शिक्षक मध्येबाट टिम सुपरभिजनका लागि नेपाली, अंग्रेजी, विज्ञान, सामाजिक र गणित विषयका विषयगत समिति गठन गरी प्राज्ञिक आदानप्रदान तथा शिक्षण अनुगमन गराउने तथा कक्षा ८ को वार्षिक परीक्षा नगरस्तरीय रुपमा गर्न स्थानीय शिक्षा अधिकारी राजेन्द्रबहादुर क्षत्रीको अध्यक्षतामा परीक्षा समिति गठन गर्ने निर्णय बैठकले गरेको छ ।
Previous Articleसरसफाईले बाल मृत्युदरमा कमी
Next Article आन्तरिक पर्यटक लोभ्याउँदै बेलढुंगा