म्याग्दी, ५ पूस– बेनी नगरपालिका–३ भकिम्लीको शीरमा अवस्थित पर्यटकीयस्थल बेलढुंगा आन्तरिक पर्यटकको रोजाईमा परेको छ । प्रचारप्रसार र पुर्वाधारको अभावमा ओझेलमा परेको बेलढुंगाका बारेमा प्रचार–प्रसार हुन थालेपछि यूवाहरूले विदानको समयमा समुह बनाएर बेनी हुदै भकिम्लीको बेलढुंगासम्म जाने गरेका छन् ।
पछिल्लो एक हप्तामा बागलुङ र पर्वतबाट मोटरसाईलमा यूवाहरूको समुह भकिम्लीको स्वर्गाआश्रम हुदै बेलढुंगामा पुगेर फर्किएको जयन्ती मावि भकिम्लीका शिक्षक भोज बहादुर जिसीले बताए । ‘चहलपहल सुरु भएको छ, पदमार्ग बनाउन सम्बन्धित निकायबाट बजेटको आवश्यकता छ’ उनले भने । जिसीका अनुसार, बेलढुंगाका बारेमा सञ्चारमाध्यमले स्थलगत रुपमा समाचार प्रकाशित गरेपछि शनिबार बागलुङबाट राजेश घर्ती, श्याम गौतम, सविन कार्की लगाएतको ८ जनाको टोलीले सदरमुकाम बेनीहुदै बेलढुंगा बसेर एकरात गाउँमै विताएर फर्किएको बताए । अवलोकन गरेर फर्किएका राजेश घर्तीले आर्कषक पर्यटकीय गन्तब्य भएकाले पदमार्ग र होमस्टेको ब्यवस्थापन हुनुपर्नेमा बताए । ‘पाँचवटा जिल्ला देखिन्छ ।
बेलजस्तै ढुंगामाथीबाट देखिने दृष्यले सबैलाई लोभाउँछ’ उनले भने । छिमेकी जिल्ला बागलुङको काठेखोला गाउँपालिकाको धम्जाको आसपासको अवस्थित बेलढुंगा जिल्लाकै पर्यटकीय गन्तब्य बनाउन सकिने प्रसस्त सम्भावना भएपनि पूर्वाधार र प्रचारप्रसार नहुदाँ ओझेलमा छ । त्यहाँबाट धौलागिरि सहितका हिमश्रंखलाको अवलोकन गर्ने गरिएको छ ।
Previous Articleकुश्मा नगरपालिकाका गुणस्तरमा प्रतिवद्व
Next Article निर्वाचनले दिएको जनादेश