बागलुङ, ४ पूस–बिद्यामन्दीर उच्च माध्यामीक बिद्यालय बागलुङको ब्यवस्थापन समितीमा नयाँ नेतृतव चयन भएको छ । अभिभावकहरुको भेलाले अधिकार दिएको कार्यदलले सोमबार बिद्यालय ब्यबस्थापन समिती चयन गरेको हो । समितीको अध्यक्षमा सुवासचन्द्र राजभण्डारी चयन भएका छन् । समितीका सदस्यहरुमा बाबुलाल शाक्य, कुलबहादुर बिक, लक्ष्मी बास्कोटा, रुद्रा कुमारी रोका क्षेत्री, जसोधा शर्मा र माया बस्नेत क्षेत्री चयन भएका छन् । समितीको आमन्त्रित सदस्यमा उच्च माबि संयोजक डिल्लिराज गौतम र सदस्य सचिवमा प्रद्यानध्यापक जगन्नाथ आचार्य चयन भएको बिद्यालयले जनाएको छ । एक जना शिक्षक प्रतिनिधि पछि छनौट गर्ने गरी सदस्यहरुको चयन गरीएको कार्यदलका सदस्यले गौतमले बताए । गत जेष्ठ १६ गते भएको अभिभावकहरुको भेलाले जगन्नाथ आचार्य, डिल्लिराज गौतम र शान्तमणी ढकाल सदस्य रहेको तीन सदस्यीय कार्यदल बनाएको थियो । सोमबार बसेको कार्यदलको बैठकले समितिलाई पूर्णता दिएको सदस्य हो ।
Previous Articleम्याग्दीको नागी बन्यो आत्मानिर्भर
Next Article बलेवा विमानस्थल संचालन गर्ने भए…