बागलुङ,२ पुस – बागलुङको बडिगाड गाउँपालिका वडा नं ७ भीमगिठेमा एक महिलाको शव वेवारिसे अवस्थामा फेला परेको छ । गुल्मी साविकको नेटा गाविस हाल मुसिकोट नगरपालिका वडा न १ घर भई बडिगाड गाउँपालिका वडा ७ भीमगिठे दोवाटा कमल अधिकारीको घरमा बस्दै आएकी मणी कर्ण जिसि मृत फेला परेकी हुन् ।
शारिरीक रुपमा बोल्न नसक्ने अन्दाजी ५५ बर्षकी जिसीको शव शनिबार राती ११ः४५ बजे भीमगिठे थाम्का डाँडाको जङ्गलमा वेवारिसे मृत अवस्थामा प्रहरीले फेला पारेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख एसपी दिपक रेग्मीका अनुसार महिलाको शरिरमा कपडा नभएको अबस्थामा भेटिएका कारण बलत्कार गरी हत्या गरेर फालेको हुन सक्ने आसंका गरीएको छ ।
राति अबेरसम्म पनि घरमा नआएपछि कमलअधिकारीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले भीमगिठे बसेर कुलोमा काम गर्ने दुई जनालाई अनुसन्धानका लागि पक्राउ गरी ईलाका प्रहरी कार्यालय बुर्तिबाङ मार्फत जिल्ला प्रहरी कार्यालय बागलुङ ल्याईएको छ । पक्राउ पर्नेमा बडिगाड ७ का इश्वर कामी र अर्का एकजनाको प्रहरीले नाम खुलाएको छैन् । जिल्ला प्रहरी कार्यालय ल्याएर अनुसन्धान भईरहेको र सोमबार म्याद थप गरी थप अनुसन्धान गरीने प्रहरी उपरिक्षक रेगमीले बताए ।
Previous Articleसुजुकि एक्सचेन्ज अफर सोमबार देखि
Next Article समानुपातिकको मतगणना सकियो, एमाले नै पहिलो पार्टी