बागलुङ, २ पुस – सुजुकि मोटरसाईकल तथा स्कुटरको बागलुङ का लागि आधिकारिक बिक्रेता सुगम अटोमोबाइल्सले सोमबारदेखि बागलुङ मा एक्सचेञ्ज अफर संचालनमा ल्याएको छ । एक्सचेन्जको अबसर पारेर कम्पनिले कुनै पनि ब्राण्डका चालू अबस्थामा नरहेका, भण्डारण गरिएका, प्राबिधिक रुपमा जिर्ण रहेका मोटरसाइकल तथा स्कुटर हरु लाई एक्सचेञ्ज गर्न लागेको हो ।
कम्पनिले सोहि अबस्थामा नै न्युनतम २५ हजार मुल्याङकन गर्ने साथै चालू अबस्थामा मा रहेका पुराना मोटरसाइकल तथा स्कुटर को हकमा बजार मा प्रचलित मूल्य भन्दा १५ हजार अतिरिक्त बोनस रकम समेत तुरुन्तै प्राप्त गर्न सक्ने सुगम अटो मोबाइल्सका संचालक कमल खड्का ले जानकारी दिए ।स्वत स्फुर्त खरिद गर्ने ग्राहकहरुका लागि समेत बिशेश छुट प्रदान गर्ने खड्काले बताए ।
हाल सुजुकिका नेपाली बजारमा उपलब्ध मोडलहरु जापानिज प्रबिधि युक्त भएको हुँदा यसको मजबुतिले सुजुकि प्रयोग कर्तालाई आर्थिक रुपमा समेत बचत हुन जाने र छिटो छिटो साटफेर को झण्झट गर्नु नपर्ने हुनाले प्रयोग गर्न निकै सहज रहेको उनको भनाई थियो । ५ बर्ष सम्म को वारेन्टी भएको हुँदा निर्धक्क संग प्रयोग गर्न सकिने कम्पनिले जनाएको छ ।
Previous Articleजनचेतनामा अभिभावक शिक्षा कार्यक्रम
Next Article महिलाको शव वेवारिसे भेटियो बलत्कारपछि हत्याको आशंका