बागलुङ, २ पुस – प्रतिनिधि सभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचन अन्तर्गत समानुपातिकतर्फको मतगणना सकिएको छ । मत गणना सकिएसँगै समानुपातकतर्फ पनि एमाले नै पहिलो पार्टी बन्न सफल भएको छ । निर्वाचन आयोगको अनुसार एमालेले ३१ लाख ७३ हजार ४९४ मत प्राप्त गरेको छ।
त्यसैगरी नेपाली काँग्रेस ३१ लाख २८ हजार ३८९ मतसहित दोश्रो बनेको छ । त्यस्तै माओवादीले १३ लाख ३ हजार ७२१ मत प्राप्त गर्दा राजपाले ४ लाख ७२ हजार २५४ र संघीय समाजवादी फोरमले ४ लाख ७० हजार २०१ मत पाएका छन्।
विवेकशील साझा पार्टीले २ लाख १२ हजार ३६३ र राप्रपाले १ लाख ९६ हजार ७८२ मत पाएका छन्। राप्रपा प्रजातान्त्रिकले ८८ हजार ३७७, नयाँ शक्तिले ८१ हजार ८३७ र राष्ट्रिय जनमोर्चाले ६२ हजार १३३ मत पाएका छन्। निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार सिटको बाँडफाँड भने समानुपातिक निर्वाचनको अधिकृतको कार्यालयले यथाशिघ्र गर्ने छ।
समानुपातिकको मतगणना सकियो, एमाले नै पहिलो पार्टी
Previous Articleमहिलाको शव वेवारिसे भेटियो बलत्कारपछि हत्याको आशंका
Next Article स्थिर वाम सरकार, रचनात्मक प्रतिपक्ष – ओली/दाहाल