नवराज पौडेल
बागलुङ, २ पूस– बिद्यालयका गतिबिधिमा अभिभाबक हरुलाई सहभागी गराउँदै बिद्यार्थीको शिक्षण सिकाईमा सकरात्मक प्रभाव पार्ने उद्देश्यले जनचेतना प्राबि कुश्मीशेराले एक दिने अभिभावक शिक्षा तालीम सम्पन्न गरेको छ ।
प्राय सरकारी समुदायीक बिद्यालय प्रति अभिभावकहरुको चासो कम रहेकाले चासो बढाउँदै शिक्षण सिकाईलाई प्रभावकारी बनाउन तालीमको आयोजना गरीएको हो । कार्यक्रममा विद्यार्थीको गुणस्तरीय र व्यवहारिक शिक्षामा शिकाईमा बिद्यालय र अभिभावक जिम्मेबार बन्नुपर्नेमा सहभागीहरुले जोड दिएका थिए ।
तालिममा बिद्यालयका करिव ४५ जना अभिभावकहरुले सहभागीता जनाएको बिद्यालय स्रोतको भनाई छ ।
तालिमको शान्ति माध्यामिक बिद्यालय स्रोत केन्द्रका स्रोत ब्यक्ति बिष्णु सापकोटाले सहजीकरण गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निमबहादुर थापाको अध्यक्षतामा संचालित कार्यक्रमको विमला थापाको संचालन र शिक्षक गंगाधर शर्माले स्वागत मन्तव्य राखेका थिए । प्रमुख अतिथिबाट प्रशिक्षित सो कार्यक्रममा पैंतालीस जना अभिभावकको उपस्थिति रहेको थियो ।
Previous Articleजैमिनी नगरपालिकाद्वारा सांसदहरुलाई स्वागत
Next Article सुजुकि एक्सचेन्ज अफर सोमबार देखि