नवराज पौडेल
बागलुङ, २ पूस– जैमिनी नगरपालिकाले नव निmर्वाचित प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यहरुलाई स्वागत तथा बधाई ज्ञापन गरेको छ । कार्यालयमा आयोजीत एक कार्यक्रमका बिच नगपालिकाले नव निर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत गरेको हो । स्वागत तथा बधाई ज्ञापन कार्यक्रममा बोल्दै बागलङ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य डा. सुर्य प्रसाद पाठकले नगरलाई समृद्ध बनाउनका लागि सडक, विद्युत, सिँचाइ, खानेपानी, स्वास्थ क्षेत्रको विकास गरीने बताए ।
खनिज पदार्थको खानी तथा ढुंगाखानिको प्रबद्र्धन तथा उत्खननमा जोड दिने बताउँदै पाडकले यसको लागी नगरपालिकाले रचनात्मक सहयोग गर्नुपर्नेमा जोड दिए । यस्तै क्षेत्र नं १ को प्रदेशसभा २ का सांसद कृष्ण थापाले ऐतिहाँसिक धार्मिक तथा पर्यटकीय स्थलको संरक्षण प्रचार प्रसारमा ध्यान दिने बताए । कृषिलाई व्यवसायीकरण गर्नुपन भन्दै थापाले किसानको जिवनस्तर उकास्ने खालका कार्यक्रम ल्याउने बताए ।
कार्यक्रममा नगरभित्र कृयाशिल सुरक्षा निकाय, शैक्षिक संस्था, कृषि तथा पशु कार्यालय, स्वास्थ्य संस्था लगायत विभिन्न संस्थाका प्रमुख हरुले नवनिर्वाचित सांसदहरुलाई फुलमाला अविरले स्वागत गरेका थिए । जैमिनी नगरपालिका प्रमुख इन्द्रराज पौडेलको अध्यक्षता र जैमिनी नगरपालिकाका नायव सुब्बा दुर्गा प्रसाद शर्माको संचालन र प्रमुख प्रसासकिय अधिकृत बिष्णुप्रसाद शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
Previous Article२ पुस २०७४, ढोरपाटन दैनिक
Next Article जनचेतनामा अभिभावक शिक्षा कार्यक्रम