बागलुङ, १ पुस– केही समयअघि मात्रै बजारमा आएको ‘गाउँको झल्को’ नामक लोक बाजामा आधारित लोकगीतबाट निकै चर्चा कमाएका बागलुङे सर्जक नरेश बोहोराले फेरी अर्को गिति एल्बम बजारमा ल्याएका छन् । वन वे फिल्म्स प्रा.लि.को बजार ब्यबस्थापनमा बोहोराले अर्को गिती एल्बम म्युजिक भिडीयोसहित बजारमा लिएर आएका हुन् ।
म्युजिक नेपालको आधिकारिक युट्युव च्यानलमार्फत बोहोराको एल्बमको गत हप्ता औपचारिक सार्वजनिक गरिएको थियो । ‘दुःखीले पनि’ नाम दिईएको एल्बममा माया प्रेममा आधारित शब्दहरु समाबेश गरिएको बोहोराले जानकारी दिए । भारतिय सेनामा कार्यरत बोहोराले फुर्सदको समयमा सिर्जना गरेका शव्दहरुमा संगीत भरेर आमदर्शक तथा स्रोताको बीचमा ल्याएको बताए । बिदेशमा काम गर्दा हुने पिडा र माया प्रेममा हुने धोकाको बिषयमा यथार्थ घटनाहरुमा आधारित रहेर शव्द सिर्जना गरेको उनको भनाई थियो । पुश्कल शर्मा र देवी घर्तिको आवाज रहेको गीतको शब्द र संगीत नरेश बोहोराले गरेका छन् ।
बि स्टार फिलिम्को ब्यानरमा बनेको म्युजिक भिडियोको बिक्रम चौहानले निर्देशन गरेको बोहोराले बताए । निकै भावुकरुपमा प्रस्तुत गरिएको भिडियोमा टिका जैसी र बुद्ध वीरले अभिनय गरेका छन् ।
बोहोराको अर्काे लोकगीत बजारमा (भिडियो सहित)
Previous Articleवनमा आगलागी नियन्त्रण हुन सकेन
Next Article २०७४ पुस १ गते शनिबारको राशिफल