बागलुङ, १ पुस– जिल्लाको ताराखोला वस्ती नजिकै खरबारीबाट सुरु भएर वनमा फैलिएको डढेलो अझै नियन्त्रण बाहिर छ । तत्काल बस्तीतर्फ जाने जोखिम भने टरेको ताराखोला गाउँपालिका–५ का वडा अध्यक्ष रामबहादुर रोकाले जानकारी दिए । उनले अग्नीरेखा बनाएर आगोलाई वस्तीतर्फ जानबाट जोगाईएको बताए । बिहीबार दिउँसो २ बजेदेखि ताराखोला गाउँपालिका–५ औदारा भन्ने ठाउँबाट सुरु भएको आगो फैलिएर वडा नम्बर–४, मसिनाको भिरहुँदै तीनचुले सामुदायिक वन क्षेत्रमा पुगेको छ । धस्मर गाउँभन्दा माथिको जंगलमा अहिले पनि तीव्र गतिमा आगो दन्किएको स्थानीय मालारानी आभारभूत विद्यालयका शिक्षक कमल घर्तीले जानकारी दिए । अप्ठ्यारो भिरमा आगो फैलिएको र माथिबाट ढुङ्गा समेत खस्न थालेपछि स्थानीयको प्रयासले नियन्त्रणमा लिन नसकिएको रोकाको भनाई छ । बिहीबार दिउँसो र रातभर पनि आफुसहित स्थानीय आगो निभाउन खटिएको र शुक्रबार बिहानैदेखि आगो नियन्त्रणको प्रयासमा रहेको वडा अध्यक्ष रोकाले जानकारी दिए ।
Previous Article‘गणतन्त्रमा पनि गैससको आवश्यकता’
Next Article बोहोराको अर्काे लोकगीत बजारमा (भिडियो सहित)