बागलुङ, २९ मंसिर– जिल्लामा मंसिर १० गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम मत परिणाम आउँदा जिल्लामा ठूलो संख्यामा मत बदर भएको भेटिएको छ । मुख्य निर्वाचन अधिृकतको कार्यालयका अनुसार जिल्लामा १६ दशमलब २ प्रतिशतसम्म मत बदर भएको हो । प्रतिनिधिसभा निर्वाचनमा भन्दा प्रदेशसभामा निर्वाचनमा वढि र त्यो भन्दा धेरै मत समानुपातिकमा बदर भएको छ । कार्यालयका अनुसार सबै भन्दा धेरै समानुपातिकतर्फ क्षेत्र नं. २ मा बदर भएको हो ।
क्षेत्र नं. १ मा ८६ हजार ७ सय ५६ मतदाता रहेकोमा ५६ हजार ५ सय ६१ प्रतिशत मत खसेको थियो । त्यो मध्ये १ हजार ६ सय २५ मत बदर भएको थियो । त्यो २ दशमलब ८७ प्रतिशत हो । क्षेत्र नं. १ को प्रदेश १ मा ४५ हजार ४ सय २८ मतदाता रहेकोमा ३० हजार ७ सय ६४ मत खसेको थियो । उक्त मत मध्ये ५ सय २४ बदर भएको थियो । त्यस्तै प्रदेश २ तर्फ ४१ हजार ३ सय २८ मतदाता रहेकोमा २५ हजार ६ सय २३ मत खसेको थियो । त्यो मध्ये ५ सय ८३ मत बदर भएको हो ।
समानुपातिक तर्फ भने प्रदेश १ मा १ हजार ६ सय २४ र प्रदेश २ मा १ हजार ७ सय २१ मत बदर भएको थियो । क्षेत्र नं. २ तर्फ अझै बढी मत बदर भएको पाईएको हो । क्षेत्र नं. २ मा ८० हजार ५ सय २६ मतदाता रहेकोमा ५२ हजार ३ सय ७० मत खसेको थियो । ती मध्ये प्रत्यक्षमा २ हजार ६ सय १० मत बदर भयो भने समानुपातिकतर्फ ४ हजार ७ सय ७१ मत बदर भएको थियो । जुन ११ दशमलब ७३ प्रतिशत हो । प्रदेश १ मा ४७ हजार २ सय ८६ मतदातामा ३० हजार ३ सय ५४ मत खसेको थियो । ती मध्ये प्रत्यक्षमा १ हजार १ सय ३८ र समानुपातिकमा ३ हजार ५ सय ५२ मत बदर भयो । उता प्रदेश २ मा यो क्रम झन बढेको छ । जहाँ ३३ हजार २ सय ४० मतदातामा २२ हजार ३६ जनाले मात्र मतदान गरे । ती मध्ये प्रत्यक्षमा १ हजार १ सय ४० अर्थात ५ प्रतिशत मत बदर भयो ।
समानुपातिक तर्फ ३ हजार ५ सय ६० जनाले मत बदर गरेका थिए । जुन खसेको मतको १६ दशमलब २ प्रतिशत हो । मत बदर नहोस भनेर जिल्ला निर्वाचन कार्यालयले १ सय ९९ जना मतदाता शिक्षा कार्यकर्तालाई तालिम दिएर खटाएको थियो । कात्तिक २५ गते देखि मंसिर १० गते सम्म घरघरमा पुगेर मतदान गर्ने तरिका बारे सिकाउन खटाएकोमा त्यसको ज्यार्दै न्युन प्रभाव परेको देखिएको हो ।
सदरमुकाम स्थित बागलुङ नगरभित्रका मतदाताले पनि धेरै मत बदर गरेको भेटिएको हो । ‘मतदाता शिक्षाका लागि भनेर कोही आएन, बरु राजनीतिक दलका उमेदवारले आफ्नो चिन्हमा सिकाएर गएका थिए’ बानपा १ की कोपिला रुचालले भनिन्, ‘हामीलाई कुन कागजमा हालेको मत कसले पायो भन्ने अझै पनि थाहा छैन ।’ पढेलेलेकाहरुले पनि मत बदर गरेको भेटिएको हो । जिल्ला निर्वाचन अधिकारी बिकासचन्द्र पौडेलले भने मतपत्रको नमूना आउनै ढीला भएकोले प्रभावकारी बनाउन नसकेको बताए । ‘हामीले कार्यकर्ता पठाएका थियौं, समयमा सबै घरमा पुग्न नसकेकोले यो समस्या आएको हो’ उनले भने, ‘राजनीतिक दललाई पनि बदर नगर्नेगरी सिकाउन भनेका थियौं ।’ मत बदरले निर्वाचन परिणमलाई समेत असर पर्ने बिष्लेषकहरुले बताए । मतदाता शिक्षा कार्यकर्ता परिचालनका लागि मात्र करोडौं रुपैयाँ खर्च भएको थियो ।
निर्वाचन कार्यालयका अलावा दलहरुले समेत आफ्नो ढंगले चलाएका निर्वाचन शिक्षा समेत प्रभावबिहिन देखीएका छन् । यसको नमुना बदर मतले देखाएको हो ।
ग्रामिण क्षेत्रमा १६ प्रतिशतभन्दा वढी मत वदर
Previous Articleघरदैलोमा बागलुङका सांसदहरु
Next Article बागलुङमा १५ जना उम्मेदवारको जमानत जफत