बागलुङ,२९ मंसिर– निर्वाचनको परिणाम आफ्ना पक्षमा आएपछि मतदातालाई धन्यवाद दिन गाउँ पसेका बागलुङका सांसदहरु बिहिबार पनि धन्यावद ज्ञापन कार्यक्रममा ब्यस्त रहे । जिल्लाको बरेङ गाउँपालिका पुगेका बागलुङ क्षेत्र नं १ का सांसद डा. सुर्यप्रसाद पाठक सहितको टोलीले बिहिबार बाटाकाचौर र हुग्दीशिरमा बिजयसभा गरी मतदातालाई धन्यवाद ज्ञापन गरेको छ । कार्यक्रममा बोल्दै सांसद पाठकले निर्वाचनको समयमा जनताको माझमा गरेका बाचा पुरा गरेरै छोड्ने प्रतिबद्धता जाहेर गरे ।
मतदाताको अपार मायाँ र सहयोगबाट आँफु भारी मतसहित बिजयी भएको भन्दै पाठकले जनमतको उच्च कदर गर्ने बताए । कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य प्रदिप थापामगर, एमाले जिल्ला सदस्य राजु केसी, बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्मा लगायतले बोलेका थिए । यस्तै, क्षेत्र नं १ को प्रदेशसभा १ का सांसद इन्द्रलाल सापकोटा सहितको टोलीले बिहिबार बागलुङ नगरपालिका ७ का बिभिन्न टोलहरुमा घरदैलो गर्दै मतदातालाई धन्यवाद दिएको छ । बानपा ७ का हर्राचौर, तितौरे, बाटुले, गैह्रगाउँ, ठाडास्वारा लगायतका टोलहरुमा घरदैलो गरेको एमालेका नगर संयोजक गोविन्द गौतमले जानकारी दिए । कार्यक्रममा बोल्दै सापकोटाले बागलुङको मुहार फेर्न निर्वाचन अघि गरेका बाचा पुरा गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा नेकपा एमालेकोतर्फबाट रामकृष्ण शर्मा, गोविन्द गौतम, पुनम शर्मा, मेघनाथ गैरे, सोमनाथ गौतम र नेकपा माओबादी केन्द्रको तर्फबाट जयबहादुर कार्की, बुद्धिबहादुर कार्की, गौरिसंकर बिक, महेन्द्र कुमार बिक लगायतले बोलेका थिए । उता, जिल्लाको क्षेत्र नं २ मा पनि बिजयसभा तथा धन्यवाद ज्ञापन कार्यक्रम सम्पन्न भएको छ । बिहिबार क्षेत्र नं २ का प्रतिनिधिसभाका सांसद देबेन्द्र पौडेल र प्रदेशसभाका सांसदहरु चन्द्रबहादुर बुढा तथा टेकबहादुर घर्तीले एउटै सभामा सम्बोधन गर्दै मतदातालाइ धन्यवाद दिएका छन् । जिल्लाको ढोरपाटन नगरपालिकाको अधिकारीचौरमा आयोजित सभालाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य देबेन्द्र पौडेलले जिल्लाको पश्चिम क्षेत्रको मुहार फेर्न आँफु अहोरात्र खटिने बताए ।
जनमतको कदर गर्दै जनचाहना अनुसारको बिकासमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने भन्दै पौडेलले जनस्तरबाट सहयोग गर्न सबैलाई आग्रह समेत गरे । कार्यक्रममा प्रदेशसभा सदस्य २ को १ का चन्द्रबहादुर बुढा, प्रदेशसभा सदस्य २ को २ का टेकबहादुर घर्ती लगायतले बोलेका थिए । बिजयीसभा तथा घरदैलो अभियानलाई तिब्र बनाएका सांसदहरुले पौषको पहिलो साता सम्ममा जिल्लाको सबै वडामा पुगीसक्नेगरी कार्यक्रम तय गरेका छन् । पार्टिका कार्याकर्ताको साथमा उम्मेदवारहरु गाउँ दौडाहामा निस्किएका हुन ।
Previous Article२०७४ मंसिर २९ गते शुक्रबारको राशिफल
Next Article ग्रामिण क्षेत्रमा १६ प्रतिशतभन्दा वढी मत वदर