बागलुङ, २९ मंसिर– प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा जिल्लामा उठेका २७ उमेदवार मध्ये १२ जनाले मात्र आफ्नो जमानत जोगाएका छन् । बाम गठबन्धनका ६ जना उमेदवार बिजयी भएका थिए भने निकटतम प्रतिद्वन्दी भएका कांग्रेसका उमेदवारको मात्र जमानत फिर्ता भएको हो । अन्य १५ जना उमेदवारले खसेका मतको १० प्रतिशत ल्याउन नसकेपछि जमानत खोसिएको हो । नेकपा माले, संघिय समाजवादी फोरम, नयाँशक्तिपार्टी, आमूल परिवर्तन मसिहा पार्टी, राप्रपा राष्ट्रवादी लगायतका दलले ३ अंक भन्दा धेरै मत कटाउन नसकेपछि जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालयले जानाएको छ । अन्यदल तथा उम्मेदवारको भने फिर्ता भएको छ ।
Previous Articleग्रामिण क्षेत्रमा १६ प्रतिशतभन्दा वढी मत वदर
Next Article २९ मंसिर २०७४, ढोरपाटन दैनिक