बागलुङ, २७ मंसिर– कालिका भगवती मन्दिरमा जीर्ण भएको सत्तल पुन निर्माण गर्न काम थालिएको छ । समाजसेवी बलराम हमाल र मन्दिरका पुजारीले सोमबार संयुक्त रुपमा सत्तल शिलन्यास गरेका हुन् । गुठीको ५० लाख र अन्य विभिन्न दाताको सहयोग जुटाएर १ करोड ५० लाखमा निर्माण गरिने सत्तल २ तलाको हुनेछ । उक्त सत्तलमा प्रवचन कक्ष, समितिको सचिवालय, अतिथी स्वागत कक्ष, पूजारी निवास तथा भान्सा समेत रहनेछ । विसं १९६४ सालमा नेपाली सेनाका तत्कालिन कर्णेल चक्रपाणी सापकोटाको आदेशले उनका छोरा श्रीप्रसाद सापकोटाले मन्दिरको दक्षिण तर्फ निर्माण गरेका थिए । उक्त सत्तल जीर्ण भएपछि श्रीप्रसादका नाती बानपा ४ कुडुले बस्ने बलराम हमालको सक्रियतामा उक्त सत्तल निर्माण गर्न लागिएको हो ।
Previous Articleप्रदेश ४ मा मुख्यमन्त्रीको प्रतिस्पर्धामा गुरुङद्वय
Next Article प्याजको भाउ पाँच वर्षयताकै महंगो