बागलुङ, २४ मंसिर – जनता सञ्चार सहकारी संस्थाले आफ्ना शेयर सदस्यका परिवारमा भएको निधनमा समवदेना सहित राहत रकम हस्त्तान्तरण गरेको छ । बागलुङ नगरपालिका–३ गुठीका शेयर सदस्य हुमादेवी खड्काका ससुरा बुवा ओमवहादुर खड्काको निधनमा समवेदना प्रकट गर्दै राहत रकम प्रदान गरेको हो ।
संस्थाका अध्यक्ष हिमाल प्रसाद शर्माले खड्काका परिवारलाई आइतवार उनकै घरमा गइ नगद रु. ३ हजार र समवेदना पत्र प्रदान गरेका हुन् । संस्थाको नियम अनुसार शेयर सदस्यको परिवारमा भएको निधनमा समवेदना प्रकट गर्दै भेटी स्वरुप रु.३ हजार नगद र समवेदना पत्र प्रदान गरिएको अध्यक्ष हिमाले शर्माले वताए ।
Previous Articleएमाले अध्यक्ष अाेलीकाे शानदार जीत
Next Article बर्दिया-१ बाट वामदेव गौतम पराजित