बागलुङ, २४ मंसिर – नेकपा एमालेका अध्यक्ष एवं झापा क्षेत्र नम्बर ५ बाट बाम गठबन्धनका उम्मेदवार केपी शर्मा ओली आफ्ना प्रतिस्पर्धीलाई दोब्बर भन्दा बढी मतले पछाडि पार्दै विजयी भएका छन्। भावी प्रधानमन्त्रीका रुपमा चर्चा गरिएका ओलीले आफ्ना निकटतम प्रतिस्पर्धी कांग्रेसका डा. खगेन्द्र अधिकारीलाई २८ हजार ८४२ मतले पछाडि पार्दै विजयी भएका हुन्।
ओलीले ५७ हजार १३८ मत प्राप्त गरेका छन् भने अधिकारीले २८ हजार २९७ मत प्राप्त गरेका छन्। ओलीले अहिलेसम्मकै सबैभन्दा बढी मत प्राप्त गरेर विजयी बनेका छन्। यसअधि यस निर्वाचनमा दोलखाबाट एमालेकै उम्मेदवार पार्वत गुरुङले ५५९५४ मत प्राप्त गरेका थिए।
Previous Articleजिल्लाको समृद्धिका लागि सक्रिय हुनेछु – भूपेन्द्र थापा
Next Article समवेदना प्रकट गर्दै नगद हस्त्तान्तरण