बागलुङ, २४ मंसिर – नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम बर्दिया क्षेत्र नम्बर १ बाट पराजित भएका छन्। गौतमलाई कांग्रेसका सञ्जय गौतमले ७५३ मतको अन्तरले पराजित गरेका हुन्। सञ्जयले ४४ हजार ८२९ मत प्राप्त गरेका छन् भने गौतमले ४४ हजार ७६ मत प्राप्त गरेका छन्।
गौतम वाम गठबन्धनका तर्फबाट पराजित हुने ‘हेबीवेट’ नेता समेत हुन्। यसअघि माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ गोरखामा नयाँ शक्तिका बाबुराम भट्टराइसँग पराजित बनेका थिए। देशैभर वाम गठबन्धनको लहर चलिरहँदा आफू अघिल्लो पटक समेत विजयी बनेको क्षेत्रमा गौतम पराजित बनेका हुन्।बामगठवन्धनका सुत्रधार मानिने गौतम हार्नुलाई राजनीतिमा अर्थपूर्ण रुपमा हेरिएको छ ।
काँग्रेसका सञ्जय गाैतम, जसले एमालेका हेभिवेट वामदेवलाई हराए।