समाचार टिप्पणी
उजिर मगर
बागलुङ÷नेपाली वाम आन्दोलनको लामै इतिहास बोकेको बागलुङमा प्रतिनिधि सभा र प्रदेश सभाको ६ वटै सिट बामपन्थीका उम्मेदवारहरु बिजयी बनेका छन् । शनिबार मध्यान्ह निर्वाचन आयोगले बिजयी उम्मेदवारहरुलाई प्रमाणपत्र वितरण गरेपछि बागलुङ जिल्लामा १८ वर्षपछि बामहरुको सामूहिक बिजयी जुलुशमा सहभागीहरुको उल्लासमय अनुभव भिन्न थियो । वाम केन्द्रीय नेताहरुको बग्रेल्टी उपस्थिति । तर, वाम विभाजनका कारण सधैं अल्पसंख्यक कांग्रेसको विजयी हुने बागलुङको परम्परा यसपटक तोडिएको छ । अर्को भाष्यमा भन्नु पर्दा बागलुङलाई बाम गठबन्धनले ‘क्लीन स्वीप’ गरे । यतिबेला बागलुङबासी वाम धारका जनता औंधी उल्लासमय देखिन्छन्, यस अर्थमा ‘मिले के हुन्न र ?’ ७७ जिल्लामध्ये ७५ जिल्लामा साठ्ठी, चालिस प्रतिशत बाँडफाँट गरेका एमाले र माओवादी केन्द्रले बागलुङ र प्यूठानमा त्यो प्रतिशतलाई मापदण्ड बनाएनन् । बरु बागलुङ आफ्नो स्वामित्व संरक्षण गरिरहेको नेकपा (मसाल) लाई सामेल बनायो । जसले वाम गठबन्धनलाई थप मजबुद बनायो । यसको जस तीनै दललाई जान्छ र बागलुङ जिल्लैभरि सूर्य, गोलाकारभित्र हसिया हथौडा र गिलास अंकित झण्डाहरु फह¥याए । एक महिने चुनावी अभियानले कार्यकर्ताबीच वर्गीय र भावानात्मक सम्बन्धलाई कसिलो मात्रै पारेन कि, चुनावी परिणाम समेत आफ्नो पक्षमा पार्न वाम गठबन्धन सफल भयो ।
यतिबेला एमालेको १ प्रतिनिधि, १ प्रदेश, माओवादी केन्द्रको १ प्रतिनिधि, १ प्रदेश र नेकपा (मसाल)को बैधानिक मोर्चा राष्ट्रिय जनमोर्चाले २ प्रदेश सभामा बिजय हात पारेको छ । एमाले र माओवादी केन्द्रका शिर्ष नेताहरुको भनाईलाई आधार मान्दा यी दुई पार्टीको एकता अपरिहार्य छ । तर, बागलुङमा निर्णायक रहेको जनमोर्चा एमाले र माओवादी केन्द्रबीच बन्ने एकीकृत कम्युनिस्ट पार्टीमा सामेल हुन्छ कि हुन्न ? भन्ने चासो भने व्याप्त छ । देशभर वाम गठबन्धनका उम्मेदवारहरुले अग्रता कायम गरिरहँदा बागलुङको गठबन्धनको प्रतिशत ३३÷३३ हो । बागलुङमा ५५ वर्षे वाम आन्दोलनमा होमिएका माओवादी केन्द्रका नेता दीनानाथ शर्माले बिजय सभामा भने– ‘५५ वर्षदेखि यो माटोमा म बाम आन्दोलनमा रहेँ । आज सिंगै जिल्लामा वाम गठबन्धनका उम्मेदवारहरु बिजयी हुँदा म जति खुशी को भएको होला र ?’ शर्माले यो खुशीयालीको अनुभूतिसँगै एउटा जटिल प्रश्न जोड्का साथ उठाए । जसले देशभरको वाम गठबन्धन र बागलुङको धरातलय यथार्ततालाई जबरजस्त भिन्न देखाएको स्वीकारयुक्ति छ । ‘मेरा समाकालिन हुनुहुन्छ चित्रबहादुर केसी जी ।
उहाँहरु पनि अब बन्ने कम्युनिस्ट केन्द्रमा आउनुपर्छ । अहिले निर्वाचन आयोगको प्राविधिक कारणले मात्रै एमाले र माओवादी केन्द्रले एउटै चिन्हमा चुनाव लड्न पाएनौं । अब, मेरो यो उत्तारार्ध समय एउटै कम्युनिस्ट पार्टी निर्माणमा लागाउने छु । म त्यसको एउटा सदस्य हुन पाउनेछु र पुष्पलालले देखेको सपना पुरा गर्नेछु । मलाई यही भए पुग्छ’, मसाललाई एउटै कम्युनिस्ट केन्द्रमा आउन आग्रह गर्दै आफ्नो भावुकता समेत शर्माले प्रकट गरे । चुनावी अभियानमा हिंडेका कार्यकर्ताहरुको वाम नेता, कार्यकर्ताको मनोविज्ञान पनि लगभग एकै प्रकारको भावमा देखिन्छन् । २०५१ को मध्यवती, ०५४ को स्थानीय र ०५६ को संसदीय चुनावमा तालमेल गरेका एमाले र मसालका स्कुलिङ्गका कार्यकर्ता भएकाले त्यो भाव आउनु स्वाभाविक हो । समानुपातिक मत गन्न बाँकी छ । कुन दलको कति मत भन्ने त्यसको परिणामले देखाउला । तर, अहिले विजयी वाम उम्मेदवारहरुले पाएको मत ५८ प्रतिशतको हाराहारी हुन आउँछ । यो प्रतिशतमा जनमत प्रदान गर्ने बागलुङबासी वामले आगामी दिनमा एकै ठाउँमा बस्नुपर्छ भन्ने जर्बजस्त दबाब दिइरहेको छ । जनमतको हिसाबले तीन वाम एक अर्काका परिपुरकका रुपमा यसपटक देखिए । विगतमा यी तीन दल एक ठाउँ नहुँदा बागलुङबासी बामले निरन्तर बेहोरेको पराजितको क्षतिपूर्ति यो परिणामले पुरा गरेको छ ।
चित्रबहादुर केसीकै भाषामा भन्ने होभने बागलुङ र प्यूठान बाहेकमा जनमोर्चा बाम तालमेलमा छैन । तर, जनमोर्चाको ७५ जिल्लामा आउने मत र बागलुङ–प्यूठानको मत एकतिर बनाउने हो भने यी दुई जिल्लाकै बढि देखिन्छ । सम्भवतः जनमोर्चा झिनो मतले चार नम्बर प्रदेशमा प्रदेश पार्टी बनिन्छ कि भन्ने आशामा समेत छ । जनमोर्चाको यो आशा तुहिइएमा के गर्ने भन्ने ? पार्टीले अहिलेसम्म प्रष्टाएको छैन । बागलुङ जिल्लाका चुनावी र बिजयी सभामा गठबन्धनसँगै जनतालाई दिएको बचन पुरा गर्न जनमोर्चाको सहज बाटो भनेको एउटै कम्युनिस्ट पार्टीमा एकता हुनुको विकल्प देखिन्न । गठबन्धनमा साठ्ठी, चालिस बाँडफाँट गरेका एमाले–माओवादी केन्द्रको बिजयी र हार बारे देशभरको परिणाम आएपछि मूल्याकंन होला । तर, जनमोर्चाले बागलुङमा डिस्टिङसन नै हानेको छ । यो डिस्टिङसनलाई जोगाउन जनताले जसरी जनमत दिएका छन्, त्यसलाई आत्मसाथ गर्ने जिम्मेवारी मुख्य रुपमा जनमोर्चा नेतृत्वकै हो । यो एकतालाई स्थायी रुप दिन एमाले, माओवादी केन्द्रबीच बन्ने कम्युनिस्ट केन्द्रले केन्द्रीय र प्रदेश सरकार गठन गर्ने बेला जनमोर्चाको स्थानलाई समेत ध्यान दिनु जरुरी छ ।