बागलुङ, २२ मंसिर – बैदेशिक रोजगारीको जोखिम बहन गर्न बिमा गरेर स्वदेशमा नै दुर्घटना भई मृत्यु भएका म्याग्दीका दलबहादुर थापाको परिवारले बिमा रकम पाएका छन् । बैदेशिक रोजगारीको लागी खाडीमुलुक जान श्रम स्विकृति लिएर प्राईम लाईफ इन्सोरेन्समा बिमा गरेका थापाको गत असारमा रुखबाट लडेर मृत्यु भएको थियो । बिदेश जाने प्रकृयामा रहेका थापाले बिमा गरेको र बिदेश जान नपाउँदै भएको दुर्घटनामा परि मृत्यु भएकाले परिवारलाई बिमा रकम हस्तान्तरण गरिएको प्राईम लाइफ इन्सोरेन्स उपसाखा बागलुङका प्रमुख ज्ञानप्रसाद ढुङ्गानाले बताए । थापाकी श्रिमति नरदेवी थापा मगरलाई कम्पनीले बिहिबार एक कार्यक्रमको आयोजना गरी बिमा रकम हस्तान्तरण गरेको थियो । थापा परिवारलाई बैदेशीक रोजगारीमा हुने जोखीम बहन गर्न गरिने बिमा बराबरको बिमा रकम हस्तान्तरण गरिएको ढुङ्गानाले बताए । उनको परिवारलाई ११ लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ । बैदेशिक रोजगारीमा गएर सुन्दर परिवार निर्माण गर्ने सपना रुखबाट खसेका थापाको मृत्युले उडाईदिएको भएपनि शोकाकुल परिवारलाई राहात प्रदान गर्न बिमाले सहयोग गरेको उनको भनाई थियो ।
Previous Article२०७४ मंसिर २२ गते शुक्रबार राशिफल
Next Article बागलुङमा वाम गठबन्धनको अग्रता