बागलुङ, १९ मंसिर – टाइम म्यागेजिनले सन् २०१७ का लागि वर्ष व्यक्तिका १० फाइनलिस्ट मनोनयन गरेको छ। टाइमको सर्टलिस्टमा यसवर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी जिनपिङ र उत्तर कोरियाली राष्ट्रपति किम जोङ उन पनि सामेल छन्।
यी हुन् टाइम म्यागेजिनको सर्टलिस्टमा पर्न सफल १० व्यक्तित्व
१. डोनाल्ड ट्रम्प
२०१६ को वर्ष व्यक्ति बनेका ट्रम्पको यो वर्ष पनि विवादरहित रहेन। ट्रम्पले हेल्थ केयर, आप्रवास, वातवरण, करलगायतका क्षेत्रमा विवादास्पद निर्णयहरु गरे। उत्तर कोरियालाई ध्वस्त पार्ने चेतावनी दिए, कतारमाथि साउदी अरब नेतृत्वका देशहरुले लगाएको नाकाबन्दीको समर्थन गरे।
२. सी जिनपिङ
चिनियाँ राष्ट्रपति सी जिनपिङले यो वर्ष आफ्नो दोस्रो कार्यकाल सुरु गरेका छन्। चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ महाधिवेसनबाट उनको नाम र सिद्धान्त पार्टी विधानमा थपिएपछि उनी माओजत्तिकै शक्तिशाली नेता बनेका छन्। त्यति मात्र होइन, अमेरिका विश्व रंगमञ्चबाट पछाडि धकेलिँदै जाँदा सीले नेतृत्व आफ्नो हातमा लिने प्रयास पनि गरेका छन्।
३. किम जोङ उनक्षेप्यास्त्र परीक्षणपछि खुसी मनाउँदै किम जोङ उन
ट्रम्पले ‘रकेट म्यान’ संज्ञा दिएका उत्तर कोरियाली नेता किमले यो वर्ष आणविक हतियार प्राप्तिको दिशामा महत्वपूर्ण सफलता हात पारे। वर्षभरी नै उनले आफ्नै प्रत्यक्ष निगरानी र निरीक्षणमा क्षेप्यास्त्र परीक्षण गरिरहे। सेप्टेम्बरमा किमले हाइड्रोजन बम विस्फोट गराएपछि आणविक युद्धको त्रासमा वृद्धि भएको थियो। यसै साता उत्तर कोरियाले अमेरिकासम्म प्रहार गर्न सक्ने ह्वसङ–१५ क्षेप्यास्त्र परीक्षण गरेको छ।
४. युवराज मोहम्मद बिन सलमानमोहम्मद बिन सलमान
साउदी अरबका युवराज मोहम्मद बिन सलमान पनि यो वर्ष चर्चामा रहे। यी ३२ वर्षे युवराजले देशका शक्तिशाली व्यक्तिहरुलाई नै भ्रष्टाचार आरोपमा गिरफ्तार गराएका छन्।
५. जेफ बेजोसजेफ बेजोस
अमेजनका प्रमुख कार्यकारी जेफ बेजोस यो वर्ष संसारकै सबैभन्दा धनी व्यक्ति बन्न सफल भए। उनको सम्पत्तिले केही समय १०० अर्ब डलरको सीमा पनि नाघेको थियो।
६.प्याटी जेन्किन्सप्याटी जेन्किन्स
वन्डर वुमन फिल्मकी निर्देशक जेन्किन्स यो वर्ष सबैभन्दा बढी चर्चामा रहेकी सिनेकर्मी बन्न सफल भइन्। पहिलो सातामै १० करोड डलरभन्दा बढी रकम कमाउने फिल्मको पहिलो महिला निर्देशक बनिन् उनी। जेन्किन्सले यो शृंखलाको दोस्रो फिल्म पनि निर्देशन गर्ने भएकी छन्।
७. रोबर्ड म्युलररोबर्ट म्युलर
एफबिआइका निर्देशक जेम्स कोमेलाई ट्रम्पले बर्खास्त गरेपछि ट्रम्पको चुनावी अभियान र रुसको सम्बन्धबारे छानबिन गर्न विशेष वकिलका रुपमा नियुक्त गरिएका म्युलरले हालसम्म चार जनाविरुद्ध आरोप दायर गरेका छन्।
८. कोलिन केपरनिककोलिन केपरनिक
अमेरिकन फुटबलका क्वार्टरब्याक केपरनिकले गत वर्ष अश्वेतहरुमाथि प्रहरी बर्बरताको विरोधमा राष्ट्रियगानको समयमा घुँडा टेकेर प्रदर्शन गरेका थिए। यस वर्ष उनी कुनै टोलीमा छैनन् तर उनको शैली फुटबलका अन्य खेलाडीले पछ्याएर विरोध गरिरहेका छन्।
९. ह्यासट्याग मी टु आन्दोलन
हलिउडका शक्तिशाली निर्माता हार्भी वाइन्स्टिनको यौन दुर्व्यवहारको खुलासा भएको यो अभियानमा विश्वभरका महिलाहरु सहभागी भए। हलिउडमै दर्जनभन्दा बढी व्यक्तिविरुद्ध आवाज उठे।
१०. ड्रिमर्स
ट्रम्प प्रशासनले ओबामा कार्यकालको ‘डिफर्ड एक्सन फर चिल्ड्रेन अराइभल प्रोग्राम’ अन्त्य गर्ने सम्भावनाबीच आप्रवासी आमाबाबुसँग अमेरिका पुगेका हजारौँ कागजातविहीन केटाकेटीको भविष्य अन्यौलमा परेको छ। उनीहरुले त्यसको विरोध गरेका छन्। यो वर्ष टाइम म्यागेजिनले बुधबार वर्ष व्यक्ति घोषणा गर्नेछ।
टाइम म्यागेजिनले सन् १९२७ देखि वर्षको सबैभन्दा प्रभावशाली व्यक्ति, समूवा वा विचार छान्दै आएको छ। यसमा लगभग सबै अमेरिकी राष्ट्रपति, एडोल्फ हिटलर, माहात्मा गान्धीलगायतका व्यक्ति परेका छन्। १९८२ मा कम्प्युटरका लागि यसको नाम ‘मेसिन अफ द इयर’ राखिएको थियो। एजेन्सी
Previous Articleबागलुङमा हलभित्र तारजाली लगाएर बन्दैछ मतगणनास्थल
Next Article मनाङमा हिउँ पर्यो फुरुरु… [फोटोफिचर]