उजुरीमा मुख्य निर्वाचन अधिकृतको राय माग
बागलुङ, १९ मंसिर – आज दिउसो (मंगलबार) हामी पुग्दा जिल्ला समन्वय समिति बागलुङको सभाहलमा चटारो थियो। प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना गर्ने दिन आउनै लाग्दा तारजालीसहितका सुरक्षा प्रबन्ध मिलाउन निर्वाचन आयोगका कर्मचारीहरु ब्यस्त मात्रै थिएनन्, चटारोकासाथ काम गरिहेका थिए ।
निर्वाचन आयोगका कर्मचारीहरुको चटारो जिल्लाका प्रतिनिधिसभाका दुई क्षेत्र र प्रदेशसभाका चार क्षेत्रको जिल्ला समन्वय समिति बागलुङको सभाहलमा गणक तारजाली भित्र र दलीय प्रतिनिधि बाहिर राखेर गणना गर्ने आवश्यक व्यवस्था मिलाउनका लागि थियो ।
मतदान शान्तिपूर्ण र उत्साहजनक रुपमा सम्पन्न भए पनि सम्भावित परिस्थितिलाई ध्यानमा राखेर मतगणनाका लागि तारबार जाली लगाइएको मुख्य निर्वाचन अधिकृत प्रकाश प्रसाद पण्डितले बताए। तारवार र जालीको कडा सुरक्षा घेरा भित्र आयोगका कर्मचारीले मतगणना गर्ने र तारवार बाहिर रहेका उम्मेदवारका प्रतिनिधिलाई देखाउँदै सदर गरिने उनले बताए।
‘अहिलेको लोकतान्त्रिक व्यवस्थामा पनि तारबार लगाएर मतगणना गर्नु शोभनीय विषय हुँदै होइन,’ जिल्ला न्यायाधीश समेत रहेका पण्डितले भने, ‘तर विगतका घटना र सम्भावित घटनाका विषयलाई गम्भिरतापूर्वक लिएर तारजाली लगाएर मतगणना गर्नुपर्ने अवस्था आएको हो।’
मतगणना स्थलमा ८ वटा सिसि क्यामरा पनि जडान गरिएको छ। यसका साथै पहिलो घेरमा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनालाई सुरक्षाको जिम्मा दिइएको छ। पहिलो चरण अन्तर्गत मंसिर १० गते भएको मतदानमा बागलुङमा ६५ प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।
नेपाली उजुरीमा मुख्य निर्वाचन अधिकृतको राय माग
कांग्रेस बागलुङले जिल्लाका तीन मतदान स्थलमा ‘बुथ कब्जा’ गरी धाँधली गरेको भन्दै दर्ता गरेको उजुरी उपर निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको राय माग गरेको छ।
गत मंसिर १० गतेको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचन सकिएको चार दिन पछि बिहीवार वाम गठबन्धनबाट निर्वाचनमा धाँधली भएको भन्दै कांग्रेसले उजुरी दर्ता गराएको थियो।
उजुरीपछि आयोगले सम्बन्धित मतदान अधिकृतहरूको प्रतिवेदन माग गरे अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङले प्रतिवेदन पठाएको थियो। प्रतिवेदन अध्ययन तथा छलफल पछि मंगलवार फेरि मुख्य निर्वाचन अधिकृतको पनि राय माग गरेको पत्र प्राप्त भएको मुख्य निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितले जानकारी दिए।
जिल्लाको बरेङ गाउँपालिकाको धुल्लुबास्कोट, जैमिनी नगरपालिकाको पैयुथन्थाप र बागलुङ नगरपालिकाको भकुण्डेमा एकलौटी मतदान गरेको भन्दै कांग्रेस जिल्ला सभापति तथा क्षेत्र नम्बर १ (क) का उम्मेदवार दीपेन्द्रबहादुर थापा र प्रदेश २ का उम्मेदवार प्रकाश शर्मा पौडेलले पुनः मतदानको माग सहित उजुरी दर्ता गराएका हुन्।
आफ्ना पार्टीका एजेण्ट भएपनि वाम गठबन्धनका स्थानीय नेता कार्यकर्ताले आफ्ना एजेण्टलाई धम्की दिएर धाँधली गरेको भन्दै पुनः निर्वाचन गराउन माग गरेको हो। उम्मेदवार थापाले भकुण्डे र शर्माले अन्य दुइ स्थानमा बुथ कब्जा भएको दावी गरेका छन्।
आयोगको राय माग गरिएको पत्रको अध्ययनपछि सम्बन्धित मतदान स्थलमा खटिएका सुरक्षा प्रमुखहरूसँग जानकारी लिएर राय पठाउने मुख्य निर्वाचन अधिृकत पण्डितले बताए।
‘उजुरीका विषयमा निर्वाचन आयोग मार्फत मेरो राय दिन भनिएको छ,’ मुख्य निर्वाचन अधिकृत पण्डितले भने, ‘बुधवार सकेसम्म छिटो पठाएर आगामी बिहीवार साँझ ठिक ५ बजेदेखि मतगणना गर्न मिल्ने नमिल्ने निर्देशन दिन अनुरोध गर्ने तयारी छ।’
वाम गठबन्धन भने निर्वाचन स्वच्छ र शान्तिपूर्ण रुपमा सम्पन्न भएको चार दिन पछि उजुरी पर्नु नियोजित र पराजित मानसिकताको उपज भएको बताउँदै आएको छ।
बागलुङमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा बाम गठबन्धन बनाएर चुनावी मैदानमा छन् भने नेपाली कांग्रेस राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा प्रतिस्पर्धामा छ। प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा कांग्रेसका तर्फबाट सहकारी तथा गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खड्का र वाम गठबन्धनबाट एमालेका सूर्य पाठक प्रतिस्पर्धामा छन् भने यस क्षेत्रको प्रदेश क मा कांग्रेसका दीपेन्द्र थापा र गठबन्धनका तर्फबाट एमालेकै इन्द्रलाल सापकोटा मैदानमा छन्। प्रदेश २ मा कांग्रेसका प्रकाश पौडेल र वाम गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका कृष्ण थापा चुनावी प्रतिस्पर्धामा छन्।
बागलुङमा हलभित्र तारजाली लगाएर बन्दैछ मतगणनास्थल
Previous Articleम्याग्दीका छ मध्य ४ वटा स्थानीय तहमा बैंकको पहुँच
Next Article टाइम वर्ष व्यक्तिका यी हुन् १० फाइनलिस्ट