बागलुङ, १७ मंसिर – आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत यूएई विरुद्धको खेलको तयारीका क्रममा भएको अभ्यास खेलमा नेपालले आइतबार केन्यालार्इ छ विकेटले पराजित गरेको छ। युएईको अबुधावीमा भएको अभ्यास खेलमा टस हारेर पहिले ब्याटिङ गरेको केन्याले दिएको १ सय ११ रनको लक्ष्य नेपालले १९.५ अोभरमा ४ विकेट गुमाएर भेटायो।
नेपालका लागि दीपेन्द्रसिंह एेरीले सर्बाधिक ४६ रन जोडे। ३५ बलको सामना गरेका उनले ७ चौका र १ छक्का प्रहार गरे। उनीसँगै शरद भेषावकरले ३१ रन जोडे। नेपालले दीलिप नाथ (०), सागर पुन (१) र अारिफ सेख ४ रनमा नट अाउट रहे।
त्यसअघि केन्याले ३२.२ ओभरमा सबै विकेट गुमाएर ११० रन मात्रै बनाएको थियो। केन्याका रुसाब पटेलले २७ र एलेक्स ओबन्डाले २५ र गुर्दिप सिंहले २२ रन बनाए। नेपालका ललित भण्डारीले ४ विकेट पछि केन्याले ठूलो स्कोर बनाउन सकेन्। १० ओभरको स्पेलमा ललितले १ मेडन राख्दै ४६ रन खर्चेका थिए।
त्यस्तै, नेपालका लागि आरिफ शेखले २ तथा सन्दीप लामिछाने, सागर पुनले समान १–१ विकेट लिए। अभ्यास खेलमा नेपालका तर्फबाट नियमित कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल तथा ब्याट्सम्यान बिनोद भण्डारी र तीब्रगतिका बलर करण केसी खेलेका छैनन् ।
Previous Articleगोेष्ठी र कार्यक्रमले घटेनन् महिला हिंसा
Next Article पर्वतमा अनुभवी जोशीलाई युवा नेता गिरीको टक्कर