बागलुङ, १६ मंसिर – पुस २७ गते रिलिज डेट लिएको चलचित्र ‘बटरफ्लाई’ को ट्रेलर रिलिज गरिएको छ । प्रियंका कार्की र आर्यन अधिकारी स्टारर चलचित्र सस्पेन्स लभ स्टोरी सिनेमा हो ।
प्रियंका र आर्यनसँगै अर्का अभिनेता अर्पण थापा पनि ट्रेलरमा हाइलाइट्स गरिएका छन् । ओम प्रतिक गुरुङको निर्देशन तथा लेखन रहेको चचित्रमा प्रियंका, आर्यन र अर्पणसँगै रबिन्द्र खड्का, सुष्मा कार्की, पुरन थापा, मोहन निरौला, सुरबिर पण्डित लगायतका कलाकारको अभिनय छ ।