काठमाडौं, १७ मंसिर – काठमाडौँको बालाजु बाइपासबाट शनिबार साँझ १० किलो सुनसहित एक जनालाई पक्राउ गरिएको छ । सो सुन रसुवाको केरुङ नाका हुँदै काठमाडौं ल्याइएको थियो ।
काठमाडौं प्रहरी परिसरले सिन्धुपाल्चोक घर बताउने फूलसिंह तामाङलाई अवैध सुनसहित पक्राउ गरेको हो । उनले मोटरसाइकलको साइलेन्सरभित्र लुकाएर अवैध सुन काठमाडौं ल्याएका थिए । काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी रवीन्द्र धानुकले यसथप अनुसन्धान भइरहेको बताए ।
Previous Article‘बटरफ्लाई’ को ट्रेलर रिलिज (ट्रेलरसहित)
Next Article चुनौती बढेपछि निर्वाचन सुरक्षाको रणनीति परिवर्तन