बागलुङ, १५ मंसिर– जिल्लाको काठेखोला गाउँपालिका वडा नं ५ मा अवस्थित अमर माध्यमिक विद्यालयले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । आफ्नो विद्यालयको फिडर विद्यालयका प्रधानाध्यापक र विव्यस अध्यक्ष काठेखोला गाउँपालिका वडा नं ५ का जनप्रतिधिहरु, अमर माध्यमिक विद्यालयका बिद्यालय ब्यवस्थापन समिति र शिक्षक कर्मचारीहरु विच अन्तरक्रिया कार्यक्रम गरिएको हो । कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै अमर माविका सहायक प्रधानाध्यापक रघुपती शर्माले आजको परिवर्तित समयमा गुणस्तर सुधार गर्नका लागि सरोकारवाला सवैजना एकढिक्का भएर लाग्नुपर्ने वताए ।
कार्यक्रममा विद्यार्थीको गुणस्तर अभिवृद्धि गर्नका लगि विविध विषयमा प्रश्नावली तयार गरि आफ्नो विद्यालयको वर्तमान अवस्था, नतिजा विश्लेषण, गुणस्तर वृद्धि गर्नका लागि आइपरेका समस्या, समस्या समाधानका उपायहरु, सरोकारवाला हरको भुमिका, सम्वन्धीत विद्यालयका खास समस्याहरु वारेमा व्यापक रुपमा छलफल गरिएको थियो । कार्यक्रममा प्रधानाध्यापक, विव्यस, अध्यक्ष, र जनप्रतिनिधी विचमा गुणस्तर वृद्धि गर्न बुँदे प्रतिवद्धता पत्रमा हस्ताक्षर गरिएको थियो । अमर माध्यमिक विद्यालयका प्रधानाध्यापक भिष्म कँडेलले गुणस्तर सुधारमा ल्याउन सवै शिक्षक, विद्यार्थी, अभिभावक, र सम्वन्ध सरोकारावालाहरुको सामुहिक प्रयास, नविनतम विधि र प्रविधिको प्रयोगमा जोड दिनुपर्ने, अधिकतम रुपमा शैक्षिक सामाग्रीको प्रयोग गर्नुपर्ने, अन्तर विद्यालय स्तरिय घुम्ती अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने, सामुहिक परीक्षा सञचालन गर्नुपर्ने जस्ता कार्यक्रम अगाडी वढाउनुपर्ने वताए । त्यतै वडा अध्यक्ष शिव प्रसाद कँडेल ले यस वडा भित्रका विद्यालयको गुणस्तर सुधार गर्नका लागि आवश्यक पहल गर्ने वताए ।
काठेखोला गाउँपालिका ५ का वडा अध्यक्ष श्री शिव प्रसाद कँडेलको सभापतित्व, अमर माध्यामिक बिद्यालयका सदस्य प्रेम बहादुर पुनको स्वागत मन्तव्य, अमर मा।वि।का शिक्षक श्री गणेश प्रसाद कँडेलको सञ्चालनमा सम्पन भएको कार्यक्रममा करिब ४० जना शिक्षासँग सरोकार
राख्ने बुद्धिजिबि व्यतित्वहरुको उपस्थिति रहेको बिद्यालय ब्यबस्थान समितीले जनाएको छ ।
Previous Articleएकाविहानै उम्मेदवारको घरमा प्रेसर कुकर बम
Next Article २०७४ मंसिर १६ गते शनिबारको राशिफल