बागलुङ, १६ मंसिर – अछाम जिल्ला क्षेत्र नं २ क प्रदेशसभाका उम्मेदवार सुरतबहादुर बिष्टको घरमा एकाविहानै प्रेसर कुकर बम फेला परेको छ। सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गराउदा कुकरभित्र माटो भरेको अवस्थामा भेटिएको उम्मेदवारका छोरा लब बिष्टले जानकारी दिए ।
कांग्रेस उम्मेद्धार बिष्टको घरको सिडीमा बिहान ३ बजे तिर बम फेला परेको थियाे । निर्वाचनलाई लक्षित गरी अज्ञात समूहले बिष्टको घरमा बम राखेको हुन सक्ने प्रहरीले जनाएको छ। जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दधीराम न्यौपानेले थप अनुसन्धान भइरहेको जानकारी दिए।
Previous Articleबढ्दैछ किशोरीको गर्भपतन गराउने संख्या
Next Article अमर माबिमा अन्तरक्रिया