बागलुङ, १५ मंसिर– बागलुङ जिल्लाका दुई स्थानमा सञ्चालित एक समुदाय, एक परिवार परियोजनाले बिशेषगरी महिलाहरुको आर्थिक पहुँच अभिवृद्धिमा महत्वपूर्ण भुमिका खेलेको पाइएको छ । लैगिक हिसां बिरुद्धको १६ दिने अभियानका अवसरमा बिवाइसी बागलुङले सरोकारवाला बिच बिहिवार सम्पन्न गरेको जिल्ला स्तरिय समन्वय समितिकौ बैठकमा उक्त जानकारी दिइएको हो । भिएसओ नेपालको आर्थिक एवम् प्राविधिक सहयोग र बिवाइसी बागलुङको व्यवस्थापनमा काठेखोला गाउँपालिका वडा नम्बर २ भिमापोखरा र वडा नम्बर ७ रेशमा सञ्चालित एक समुदाय एक परिवार परियोजना अन्र्तगत १ सय घरधुरीमा महिला हिसांको अवस्था पहिचान गरि उनीहरुलाई आयआर्जन सिप क्षमता अभिवृद्धि मार्फत अघि बढाइएको भिएसओ नेपालका अविना अधिकारीले बताए । उनले जिल्लाका दुई स्थानमा महिला हिसांको स्थलगत अध्ययन सर्वेक्षण गर्दा श्रीमानबाट हिसां खेप्ने महिला उल्लेख्य भए पनि ९५ प्रतिशतले न्यायका लागि पहल र सहयोग नमाग्ने गरेको पाइएको बताए ।
उनका अनुसार अध्ययनका क्रममा महिलाहरु कुनै पनि पेशा व्यवसाय र रोजगारमा सम्लग्न नभएको संख्या ७८ प्रतिशत छ । यही कुराले उनीहरुलाई बढी चिन्ता र तनाव दिने गरेको पनि अध्ययनका क्रममा पाइएको उनको भनाई छ । कार्यक्रममा बिवाइसी बागलुङका कार्यक्रम व्यवस्थापक चुडामणी शर्माले रेश र भिमापोखराका ५०÷५० घरधुरीका गरिएको कार्यक्रमबाट महिलाहरुको आर्थिक पहुच र क्षमता अभिवृद्धिमा ठुलो टेवा पुगेको पाइएको बताउनुभयो । उनका अनुसार ७४ घरमा बाख्रापालन, १२ घरमा कुखुरा, ३ घरमा किराना, ३ घरमा तरकारी खेति र १ घरमा माहुरी पालनका लागि प्रति घर १५ हजार रुपैयाँ बराबरको सामग्री सहयोग गरिएको छ । कार्यक्रममा सर्वेक्षण प्रतिवेदन र परियोजनाका बारेमा प्रश्न तथा सुझाव समेत राखिएको थियो । समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङ्गाना र उपप्रमुख बिष्णु भुषालले अहिले नयाँ संघिय अभ्यास थालिएकाले अब तल्लो तह सम्म पुग्ने गरी तयारी गर्न आग्रह गरे ।