काठमाडौं, १५ मंसिर– नेपालमा अझैसम्म पनि ४३ प्रतिशत एच.आई.भी संक्रमित स्वास्थ्य संस्थामा आउन बाँकी रहेको पाइएको छ । अर्थात उपचारबाट बञ्चित भएका छन् । ३० औँ विश्व एड्स दिवसको अवसरमा नेपाल सरकार स्वास्थ्य मन्त्रालयको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले सार्वजनिक गरेको तथ्यांकमा सन् २०१६ सम्ममा नेपालमा ५७ प्रतिशत नयाँ संक्रमित उपचारमा आएका छन् । तर, ४३ प्रतिशतले उपचार नपाएको तथ्याङकमा देखिन्छ । सन् २०१६ को अन्त्य सम्ममा संसारभर ३ करोड ६७ लाख व्यक्तिहरुमा एच.आई.भी संक्रमण भएको अनुमान गरिएको छ । नेपालमा भने ३२ हजार ७ सय ३५ जना रहेका छन् । ती मध्ये सबै भन्दा धेरै पुरुषको संख्या रहेको छ । २० हजार २ सय ३२ पुरुष,१२ हजार ५ सय ३ महिला,१५ देखि ४९ वर्ष उमेर समुहको जनसंख्यामा एच.आई.भीको व्याप्तता दर ०.१७ प्रतिशत रहेको उल्लेख गरिएको छ । यो संख्यामध्ये नेपालमा ७० प्रतिशत संक्रमणको कारण असुरक्षित यौन सम्पर्कलाई बुझिन्छ । संक्रमणको उच्च जोखिममा सुईद्धारा लागूपदार्थ प्रयोग गर्ने, यौनकर्मी, पुरुष समलिंगी तथा तेस्रोलिगींहरु, रोजगारीका लागि विदेशिनेहरु र कारगारका कैदीहरु रहेका छन् । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा. विकास लामिछानेले बार्षिक मृत्यु हुने संक्रमितको संख्या ३० प्रतिशतले घटेको जनाए ।
सन् २०१६ मा कुल एच.आई.भी संक्रमितमध्ये ४० प्रतिशत अर्थात १४ हजार ५ सय ४४ जनामात्र एआरभी उपचारमा छन् । अहिले राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र सन् २०३० सम्ममा एड्सको महामारीलाई अन्त्य गर्ने लक्ष्य लिएको छ । विश्वमा सन् १९८८ लेखि हरेक वर्ष डिसेम्बर १ को दिन विश्वभरी एड्स दिवस मनाउदै आईरहेको छ । यो वर्ष ‘मेरो स्वास्थ्य मेरो अधिकार’ भन्ने नाराको साथमा विश्व एड्स दिवस मनाउने तयारी गरिएको छ । यस्तै सन् २०२० सम्मको लागि ९०ः९०ः९० अर्थात ९० प्रतिशत संक्रमितलाई आफ्नो संक्रमण अवस्थाबारे थाहा पाउने, ती मध्ये ९० प्रतिशतको औषधी उपचारको पहुँच हुने र औषधी सेवन गर्ने मध्ये ९० प्रतिशतको शरीरमा संक्रमण अवस्थाबारे भाइरसको लोड न्यून हुने लक्ष्य लिएको छ ।
आ.व २०७४ मा पनि १४ करोड बजेट विनियोजन गरिएको छ भने नेपाल सरकारले एचआईभी संक्रमितको लागि अहिलेसम्म ५० करोड भन्दा बढी रकम खर्च गरिसकेको छ । यस्तै विभिन्न गैरसरकारी संस्थाहरुले पनि एच.आई.भी संक्रमितको लागि कार्यक्रम ल्याएको छ । कार्यक्रम संचालन गरेको वर्षदेखिनै अहिले सम्म अझै पनि ४९ प्रतिशत अर्थात १ करोड नयाँ संक्रमित स्वास्थ्य संस्था समक्ष आउन सकेको छैन् । पत्रकार सम्मेलन तथा अन्तरक्रिया कार्यक्रममा बजेट अनुसार काम हुन नसकेको सहभागी तथा मिडियाकर्मीहरुले बताएका थिए । तर सरकारी निकायको तर्फबाट भने एच.आई.भी को क्षेत्रका कार्यक्रमहरु सक्रिय रुपमा संचालन हुदै आईरहेको केन्द्रका वीर वहादुर रावलले बताए । एक दिन दिवस भन्दा पनि सधै सक्रियर भएर काम गर्नको लागि सहभागीहरुले सरकारी तथा गैरसरकारी निकायलाई आग्रह गरेका थिए ।
एचआईभी संक्रमितको नाममा ५० करोड बढी खर्च
Previous Articleअव नेपालमा ८८४ जना सांसद(संघमा ३३४ र प्रदेशमा ५५०)
Next Article परियोजनाले आर्थिक पहुँच बढायो