तारानाथ आचार्य
बागलुङ, १४ मंसिर– गत आईतवार निर्वाचन सम्पन्न गरेर जिल्ला स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राखिएका मतपेटीका कुर्नकोलागि राजनीतिक दलहरुले फरक फरक टोली बनाएका छन् । कार्यालय भित्र राखिएका मतपेटिकालाइ बाहिरबाट आ–आफ्नै ताला लगाएर चावी ठोकेका दलहरुले बाहिरी घेरामा बसेर मतपेटीका कुर्ने कार्यतालीका बनाएका हुन् । दलहरुले सहजता र सहभागीतामा मुलक हिसावमा मतपेटीका कुर्ने ब्यवस्था मिलाएको नेपाली कांग्रेस जिल्ला सचिव नवराज पौडेलले बताए ।
दैनिक कुरुवा बस्ने क्रममा दलहरुले दिउसोको समयमा महिला र रातको समयमा पुरुष कार्यकर्तालाई खटाएको छ । महिलाहरुले आफुहरुले पनि मतपेटीका कुर्न पाउनु पर्ने आवाज उठाएपछि दिउँसोको समयमा महिलाहरुलाइ कुर्न लगईएको नेताहरुले बताए । कुरुवा बसेका महिलाले पनि पार्टीले दिएको जिम्मेवारी कुशलतापूर्वक पुरा गर्ने बताए । ‘ताला समेत लगाएको स्थानमा प्रहरी कर्मचारी सबैले कुरी रहेका छन्’ कांग्रेस सचिव पौडेलले भने ‘बिश्वासको संकटका कारण दलहरुका प्रतिनिधि राखेर मतपेटीका कुर्नु परेको हो ।’ पौडेलले सबै दलहरुले प्रतिनिधि राखेपछी कांग्रेसले पनि बाध्य भएर मतपेटीका कुर्न प्रतिनिधि खटाउनु परेको बताए । उता बाम गठबन्धनले पनि तालिका बनाएर मतपेटीका कुर्नेहरुको सूचि बनाएको छ ।
बिहिबार बेलुका सम्मको लागि गठबन्धनले सूचि बनाएर सर्कुलर गरिसकेको राष्ट्रिय जनमोर्चाका सदस्य थानेश्वर शुवेदीले बताए । बाम गठबन्धनले बनाएको सूििच अनुसार दिनमा महिला नेतृहरुले कुरीरहेका छन् भने बुधबार बेलुका पुरुष नेताहरुले कुर्ने छन् र बिहिबार दिउँसोको लागी उम्मेदवारहरुलाइ सूुचिमा राखिएको सुबेदीले बताए । मतपेटिका कुर्नको लागी पार्टिका सबै तहका संगठनहरुको सहभागीता गराउन खोजीएको नेकपा एमालेले जनाएको छ । पार्टी पंक्तिमा रहेका महिला, युवा बिद्यार्थी देखी बुद्धिजिबि सम्मलाई पालै पालो जिम्मेबारी दिइने एमाले सचिव लाल थापाले बताए ।
ताला लगाईको कोठालाइ कुर्नु नपर्ने भएपनि निर्वाचन आयोगको अनुरोध अनुसारनै दलका नेता कार्यकर्ता राखेर मतपेटीका कुरीएको सचिव थापाले बताए । उनले दलहरुमा आपसी सहमति र विश्वासको वातावरण बन्दै गएपनि निर्वाचनको समय भएकोले कुर्नुपर्ने उनले बताए । बागलुङमा एमाले, माओवादी र राष्ट्रिय जनमोर्चाले संयुक्त बाम गठबन्धन बनाएर निर्वाचन लडेको छ । यो निर्वाचनमा सँगै गठबन्धन बनाएरको भएपनि उनीहरु बीचमा समेत विश्वासको संकट देखिएको छ । उनीहरुले छुट्टाछुट्टै तालापनि लगाएका छन् । एमालेले लगाएको स्थानमा माओवादी, माओवादीले लगाएको स्थानमा राजमोको समेत ताला झुण्डीएका छन् । निर्वाचन अधिकृतको कार्यालयले पनि ताला लगाएपछि एउटै ढोकामा ४ वटा ताला छन् । मुख्य निर्वाचन अधिृकत प्रकाश प्रसाद पंडितले दलको नेतृत्वको चाहना अनुसारनै ताला लगाएर मतपेटिका भण्डारन गर्न लागिएको बताए ।
‘निर्वाचनले आवस्यक सुरक्षा गरिरहेको छ, उहाँहरुको चाहना समेत भएकोले ताला लगाउन दिएका हौं’ पंडितले भने, ‘चौविसै घण्टा उहाँहरुकै उपस्थितिमा कुरुवा पनि गरिएको हो ।’ निर्वाचन अधिकृतको कार्यालयले दिएको परिचयपत्र भिरेर कार्यकर्ताले मतपत्र कुरेका छन् । कुरुवा बसेकी माओवादी नेता भविकला रोकाले पछिल्लो समय राजनीतिमा विश्वास बढ्दै गएको दावी गरिन् । ‘कसैको विरोध गरेर, झगडा गरेर मात्र हुँदैन भन्ने भावना बढेको छ’ रोकाले भनिन्, ‘जनताको मन जितेर प्रतिष्पर्धा गर्ने हो, झगडा गरेर मत पाईदैन भन्ने अव बुझ्ने क्रम शुरु भएको छ ।’ यो निर्वाचनमा तुलनात्मक कम प्रतिशत मत खसेको छ ।
गत स्थानीय निर्वाचनमा ७० प्रतिशत मत खसेको बागलुङमा गत आईतवार भने ६५ प्रतिशत मात्र खसेको छ । राजनीतिक चासो कम भएको, विद्यार्थीहरुले बिदा नपाएकोले मतदानकै लागि मरिहत्ते नगरेको कार्यकर्ताहरुले बताए । यो निर्वाचनमा फर्जी मत खस्ने क्रम पनि कम भएको एमालेकी हुमा जिसीले दावी गरिन् । कांग्रेसकी उशा पौडेलले पनि झगडा गरेर भन्दा मन जितेर मत माग्ने बानी बसालेको बताईन् । यसपटकको निर्वाचनबाट क्रमश राजनीतिक दलले आचारसंहिता उलंघन गर्ने क्रम घटेको पनि उनले बताईन् ।
Previous Articleमतदान सकिएको चार दिन पछि कांग्रेसको उजुरी
Next Article १४ मंसिर २०७४ ढोरपाटन दैनिक