बागलुङ, १० मंसिर – आईतबार सम्पन्न पहिलो चरणको निर्वाचन जिल्लाभर शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । बागलुङका १ लाख ६७ हजार २ सय ६२ मतदाता मध्ये १ लाख ३ हजार ७ सय ८१ मतदाताले मतदानमा सहभागिता जनाएका छन् । प्राप्त तथ्यांक अनुसार बागलुङ क्षेत्र नंं. १ मा कुल ८६ हजार ७ सय ५७ मतदाता रहेकोमा ५० हजार २५ मत खसेको छ ।
क्षेत्र नं २ मा ८० हजार ५ सय २६ जना मतदाता रहेकोमा ५३ हजार ७ सय ५९ मत खसेको छ । हालसम्म प्राप्त तथ्यांक अनुसार बागलुङ जिल्लामा ६५.३५ प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।
क्षेत्र नंं. १ को प्रदेश नं. १ मा ३०८०८ मत खसेको छ । २ को प्रदेशस्तरीय मत कति खस्यो भन्नेमा बागलुङ नगरपालिकाको वडा नं. १२, १३ र १४ को मत परिणम प्राप्त भइनसकेकाले वास्तविक तथ्याँक आएको छैन ।
यता निर्वाचन क्षेत्र नं. २ को प्रदेश १ मा कुल ४७ हजार २ सय ८६ मतदाता संख्या रहेकोमा ३० हजार ३ सय ९५ मत खसेको छ भने सोही क्षेत्रको प्रदेश नं. २ मा कुल ३३ हजार २ सय ४० मतदाता सख्या रहेकोमा २३ हजार ३ सय ६१ मत खसेको छ ।
बागलुङका ४ नगरपालिका र ६ गाउपालिकाहरुमा खसेको मत परिणाम अनुसार बागलुङ नगरपालिकामा कुल २६ हजार ८८ मतदाता मध्ये १८ हजार ७५ मत खसेको छ । जैमिनी नगरपालिकामा कुल २० हजार ८ सय ५३ मतदाता मध्ये १३ हजार ५ सय ५ मत खसेको छ ।
काठेखोला गाउँपालिकामा कुल १८ हजार ६ सय २० मतदाता मध्ये १२ हजार ७ सय ३३ मत खसेको छ । ताराखोला गाउँपालिकामा कुल ७ हजार ७ सय ५ मतदाता मध्ये ५ हजार ६ सय ५४ मत खसेको छ ।
ढोरपाटन नगरपालिकामा कुल मतदाता १३ हजार ६ सय ७६ मतदाता मध्ये ९ हजार ४ सय ५४ मत खसेको छ भने बडिगाड गाउँपालिकामा कुल मतदाता संख्या १८ हजार ४२ मध्ये १० हजार ९ सय १४ मत खसेको छ । निसीखोला गाउँपालिकामा कुल मतदाता संख्या ११ हजार ८ सय ४७ मतदाता मध्ये ९ हजार ५ सय ५४ मत खसेको छ ।
गलकोट नगरपालिकामा कुल २१ हजार ५ सय ३६ मतदाता मध्ये १३ हजार ८ सय २७ मत खसेको छ । तमानखोला गाउँपालिकामा कुल मतदाता संख्या ६ हजार ४ सय ४९ मध्ये ४ हजार ३ सय ५३ मत खसेको छ । बरेङ गाउँपालिकामा कुल ८ हजार ९ सय ९२ मतदाता मध्ये ५ हजार ७ सय ५ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । अहिले मतपेटिका संकलन भइरहेको छ र भोली वेलुकासम्म सवै मतपेटिका सदरमुकाम बागलुङबजारमा आइपुग्ने निर्वाचन कार्यालयले जनाएको छ ।
Previous Article३२ जिल्लामा ६५ प्रतिशत बढी मत खस्यो – आयोग
Next Article म्याग्दी जिल्लामा ६१ प्रतिशत मतदान – प्रमुख पौडेल