म्याग्दी, १० मंसिर – आइतवार सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मतदानमा म्याग्दीमा ६१ प्रतिशत मत खसेको छ । विभिन्न मतदान केन्द्रहरुबाट प्राप्त जानकारी अनुसार ६१ प्रतिशत मतदाताहरुले मतदान गरेको जिल्ला निर्वाचन कार्यालय म्याग्दीका प्रमुख केदारनाथ पौडेलले जानकारी दिए।
पौडेलका अनुसार अन्नपूर्ण गाउँपालिकामा ५९ प्रतिशत,बेनी नगरपालिका ६६ प्रतिशत,रघुगंगा गाउँपालिकामा ६३ प्रतिशत,धौलागिरि गाउँपालिकामा ५६ प्रतिशत,मंगलामा ६१ प्रतिशत,मालिका गाउँपालिकामा ५२ प्रतिशत गरी समग्रमा ६१ प्रतिशतको मत खसेको हो ।
एक नगरपालिका र पाँचवटा गाउँपालिकामा गरी ७५ हजार ५ सय ३८ मतदाता रहेका छन् ।
त्यसैगरी ७२ मतदान स्थल र १ सय ६ वटा मतदान केन्द्र निर्धारण गरिएको थियो । म्याग्दीमा शान्तिपूर्ण तवरले सम्पन्न भएको छ । विहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजे सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
Previous Articleबागलुङ जिल्लामा ६५.३५ प्रतिशत मतदान
Next Article ६५ प्रतिशत मतदान, कहाँ कति खस्यो ?