बागलुङ, ८ मंसिर– मंसिरको पहिलो साता बागलुङ कालिका भगवती मन्दिरमा २ लाख ३६ हजार ६ सय ८१ रुपैयाँ भेटी संकलन भएको छ । ऐतिहासिक भगवती मन्दिरमा आउने भक्तजनले दिने भेटीलाई दैनिक रुपमा सार्वजनिक गर्ने पद्दती बसालेपछि कालिका मन्दिर आसपासमा धेरै सुधारका काम समेत हुन थालेको छ । संकलित विवरण अनुसार मंसिर १ गते ४४ हजार ३ सय ४६, मंसिर २ गते ४६ हजार १ सय ५५, ३ गते १७ हजार ४ सय ७५ रुपैयाँ, ४ गते २९ हजार ७ सय ७५ रुपैयाँ संकलन भएको हो ।
त्यस्तै ५ गते ६६ हजार ३ सय ८० रुपैयाँ, ६ गते १२ हजार ९ सय ४० रुपैयाँ तथा ७ गते बिहिवार १९ हजार ६ सय १० रुपैयाँ संकलन भएको हो । यो समयमा भगवती मन्दिरमा आउने भक्तजनले चढाएको भेटी सहित, बोकाको मुढ, परेवा, अक्षेता आदि विक्रिबाट पनि रकम संकलन भएको हो । दैनिक भेटीलाई सार्वजनिक गरेको गुठीले बार्षिक १ करोड २५ लाख रुपैयाँ सम्म भेटी संकलन गर्ने गरेको छ । दिर्घकालिन योजना बनाएर कालिका मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्न गुठीले योजना पनि बनाएको छ । त्यस्तै अत्याधुनिक व्यवस्थापनका साथ हजारौं भारतीय तीर्थयात्री बढाउने लक्षले भक्तजनहरु बस्ने धर्मशाला, बली व्यवस्थापन, सूचना प्रविधि केन्द्र जस्ता धेरै पूर्वाधार निर्माणको तयारी समेत भएको छ । विस्तृत डिजाईन