बागलुङ, ८ मंसिर– बागलुङ स्थित सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङ जिल्लाभरबाट सबै भन्दा धेरै कर तिर्ने संस्थाको रुपमा सम्मानित भएको छ । बिहीवार आन्तरीक राजस्व कार्यालय पोखराले आयोजना गरेको छैठौं राष्ट्रिय कर दिवस २०७४ को समापन समारोहका अवसरमा सहकारीलाई सम्मान गरेको हो ।संस्थाका अध्यक्ष चण्डिप्रसासद शर्मा पौडेललाई कार्यक्रमका प्रमुख अतिथी क्षेत्रीय प्रशासक लक्ष्मण अर्याल, कास्कीका प्रमुख जिल्ला अधिकारी, कास्की जिल्ला न्यायाधिश र आन्रीक राजस्व कार्यालय पोखराका कर अधिकृतले संयूक्त रुपमा सम्मान–पत्र र दोसल्ला ओडाएर सम्मान गरेका थिए । संस्थालाई करदाता सेवा कार्यालय बागलुङले मङ्सीर १ गते सम्पन्न राष्ट्रिय कर दिवसका अवसरमा बागलुङबाट उत्कृष्ट करदाताको रुपमा घोषित गरेको थियो । प्रदेश नं. ४ कै उत्ृकष्ट सहकारीको रुपमा आफ्नो छवि स्थापीत गर्न सफल संस्थाले आर्थिक बर्ष २०७२÷०७३ मा ६१ लाख राजस्व सरकारलाई बुझाएको थियो । यस अगाडिको बर्ष पनि बागलुङ जिल्लाबाट सबैभन्दा वढि कर सहभागिता गरेकोमा आन्तरीक राजस्व कार्यालय पोखराबाट सम्मानीत भईसकेको थियो । आन्तरीक राजस्व कार्यालयले १० ब्यक्ति र संस्थालाइ बिहिबार सम्मान गरेको हो ।
Previous Articleमतदाता परिचयपत्र , लिन सम्बन्धित मतदान केन्द्रमा जानुपर्ने
Next Article सातामै चढ्यो २ लाख ३६ हजार भेटी