बागलुङ जिल्लाको सर्कुवामा जन्मिएर जिल्लाको राजनितिमा लामो समय बिताएका राष्ट्रिय जनमोर्चाका पुर्व जिल्ला अध्यक्ष कृष्ण थापा आगामी मंसीर १० गते हुन लागिरहेको प्रदेश सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ बागलुङको क्षेत्र नं १ को २ बाट चुनावी मैदानमा उत्रिएका छन् । जनमोर्चाको राजनीतीमा लामो समय बिताएका थापाको उम्मेदवारी र भावी योजनाका बारेमा जनमञ्चकर्मी तारानाथ आचार्यले गरेको संक्षिप्त कुराकानी ।
–तपाईंको उम्मेदवारी केका लागि ?
मेरो उम्मेदवारी बागलुङका जनताको सत्तामा प्रतिनिधित्वका लागि हो । बाम गठबन्धनको साझा उम्मेदवार बनेकोले मैले पछाडी परेको बर्गको बिकास र उन्नतीको लागि काम गर्ने योजना बनाएको छु । जिल्लाको क्षेत्र नं १ को २ मा लामो समय सत्तामा अल्झिएर जनताको घरदैलो भुलेका दलहरुबाट आजित जनतालाई राहात प्रदान गर्न मेरो उम्मेदवारी हो भकस्नेर बुझ्नु होस ।
–प्रदेश सभाको भुमिका के हुन्छ ?
सबैभन्दा पहिले त प्रदेश सभाको कानून बनिसकेको छैन् । प्रदेश सभाको पहिलो काम भनेको कानून बनाउने हो । त्यसपछि हामि प्रदेशको बिकास निर्माणमा लाग्छौं । स्थानीय बिकासमा पनि प्रदेश सभाको भूमिका रहन्छ । कानुन निर्माण मुख्य कुरा भएकाले आम सर्वुसाधारणको हित अनुकुल कानुनको निर्माण गर्नु नै अहिलेको प्रदेश सभाको पहिलो भुमिका हो भनेर बुझ्नुहोस ।
–चुनावी एजेण्डा के छन् ?
हामीले अहिले सम्म पनि ग्रामिण क्षेत्रको बिकास गर्न सकेका छैनौं । सडक सञ्जाल अझै पनि सर्वसुलभ भएको छैन् । पहिलो कुरा सडक बनाउँछौं त्यसपछि बिद्युत उत्पादन तथा बिस्तार, शिक्षामा सुधार, सर्वसुलभ स्वास्थय सेवा, सर्वसाधारणमा खानेपानिको पहुँच पु¥याउने एजेण्डा जनताको माझमा प्रस्तुत गरेका छौं । यदि हामीले चुनाव जिते यि एजेण्डामा प्रतिबद्ध भएका काम गर्ने कुरामा शंका नगर्नुहोस ।
–बामगठबन्धनका संगठन भित्र आसंका छन् कसरी चिर्नु हुन्छ ?
हाम्रा संगठन भित्र आशंका भन्ने कुरा केही पनि छैनन् । यो समस्याको बिषय नै हैन् । हमिले वडा देखी नगरपालिका र जिल्ला तहसम्म साझा समन्वय समिती बनाएर चुनावमा होमीएका छौं । कुनै पनि बाहानामा बाम उम्मेदवारको बिपक्षमा अथवा पुराना घातप्रतिघातका कुरा नउठाउन कार्यकर्तालाइ आग्रह गरेका छौं । यो बेला पुराना हिसाव खोज्ने भन्दा पनि नयाँ चुनौती सँग लड्ने बला हो यसका लागी हाम्रो गठबन्धन भित्रका सबै संगठन हरु तयार छन् । यसमा कसैले संका गर्नु पर्ने ठाउँ छ जस्तो मलाई लागेन् ।
– चुनाव जित्ने आधार के छन् ?
पहिलो कुरा हामी गठबन्धन बनाएर चुनावी मैदानमा छौं । तीनबटा दलको कार्यकार्ता तथा बिगतका मतहरुलाइ जोड्ने हो भने पनि कम्युनिष्टहरुको जनधार बलियो छ । हाम्रो जनाधार ५० प्रतिशत भन्दा बढि छ । दोस्रो सत्ताको लागि मरिहत्ते गरेर लामो समय सत्तामा रहेको दल कांग्रेस चुनाव जितेपछि गाउँ नफर्केकाले उ सँग मतदाता रुष्ट छन् । हामी मिलेर मैदानमा जाँदा उनिहरुमा खुसियाली छाएको छ । हामि सँग सोच छ र सोच अनुसारको काम पनि गरेर देखाई दिन्छौं । कांग्रेसले बिगतमा त्यो विश्वास गुमाई सकेको छ । त्यसैले यसपटकको चुनावमा बाम उम्मेदवारले जित्ने कुरामा संका नगर्नुहोस ।
–हजुरलाइ भण्डाफोरको राजनिति मात्रै गर्छ भन्ने आरोप लाग्छ नि ?
जनता सूचनाबाट बञ्चित छन् । जनतालाइ सू–सूचित पार्न हामिले गरेका कृयाकलापमा कसैले आरोप लगाउँछ भने त्यो गलत छ । हामीले जनतालाइ सूचना प्रबाह गरेका हौं । भण्डाफोर गरीएको होईन । सत्तामा रहेका हरुले तिललाइ पहाड बनाउँथे त्यसलाइ रोक्न सहि सूचना दिन हामिले गरेका प्रयास गलत देख्नेहरुनै गलत छन् ।
–लामो चुनावि प्रचारमा हिड्नु भो जनताले के अपेक्षा राखेका छन् ?
जनताले बिकास चाहेका छन् । आफ्नो पनको बिकास गर्ने नेता र प्रतिनिधि चाहेका छन् । मुख्य समस्या जनस्तरमा प्रभाव पर्ने गरी बिकासले गती पाउन सकेको छैन् । उत्पिडनमा रहेका जनसमुदाय जहाँको त्यहिँ छ उनिहरु राज्यको मुल प्रवाहमा आउन चाहन्छन् । दिगो बिकास स्थिरता र समान ब्यवहार सहितको सासन जनताले चाहेको मैले बुझें ।
–अन्तमा बागलुङ बासिको नाममा केहि भन्न छुट्यो की ?
बागलुङबासी सम्मपुर्ण दाजुभाइ तथा दिदि बहिनी हरुमा म क्षेत्र नं १ को २ बाट बामपन्थी साझा उम्मेदवार कृष्ण थापा जिल्लाका सबै क्षेत्रमा बाम गठबन्धनका उम्मेदवारहरुलाइ मतदान गरी देशलाइ निकास दिने बाम गठबन्धनलाई अत्याधिक बहुमतले बिजयी गराउन अनुरोध गर्दछु । यहाँलाइ धेरै धेरै धन्यवाद ।
गाउँको बिकासलाई गती दिन मेरो उम्मेदवारी ( अन्तरवार्ता)
Previous Articleबानपा, ताराखोला, सर्कुवा र राङखानीमा चुनावी प्रचार अभियान
Next Article प्रश्नहरुले निर्माण गर्ने दुनियाँ