भरत बागलुङे
चुनाव जति जति नजिकिंदै छ लोकतन्त्रका नगरा उत्तिकै बेजोड बजिरहेका छन् । यो मुलुकको अस्सली लोकतन्त्रवादी हामीहुम अरुत नक्कली हुन् । चोक चोक, गल्लीगल्ली र सामाजिक सञ्जालका भित्ता भरी नोकरशाहरुले शब्द माथी मजाक गरिरहेका छन् । समय माथी मजाक गरिरहेका छन्, इतिहास माथी मजाक गरिरहेका छन्, तिनको काम अरु के छ बस् भ्रष्ट, दलाल र विदेशीका आर्शिवादले प्राप्त पैसामा चुनावको माध्यमबाट मुलुकको सत्ता वैधानिक रुपमा कब्जागर्नु बाहेक ? यतिखेर तीलोकतन्त्रको जामापहिरेर, परम्पराका पुच्छर समातेर चुनावीनामको वैतरणी तर्न ती सबै वैध, अवैध पाप र कुकर्म गर्न वस्ती पसिरहेका छन् । तिनको निशाना अविछिन्न फेरी ती बस्तीहरु माथी परिरहेको छ जहाँ सबै भन्दा बढ्ता भोक छ, शोक छ, अभाव छ, दरिद्रता छ, अज्ञानता, अशिक्षा छ र वेरोजगारी छ बस् ती त्यहीं ताण्डव नृत्य गरिरहेका छन् । नागरिक बबुरो अभावको मफलर ओढेर, भोकको अथाह पीडाले थिचिएर नृत्य हेर्न मग्न छ ।
ठूला बडा बराजु, मुखिया सापहरु ती सपना बाँडिरहेका छन् । ती गाउँगाउँमा बाटो बाँडिरहेका छन्, पाइप र जस्ता बाँडिरहेका छन्, रोजगारी र निमुखालाई हातहातमा नोट बाँडिरहेका छन् । ती न्याय, समानता, हकअधिकार हैन मुन्छेलाई दाशकालीन अवस्था माफर्काएर पैसाले तिनको आत्मा किनिरहेका छन् । लोकतन्त्रको सुन्दर चेहेरामाकालो फादलेर ती लोकतन्त्रको शौन्दर्यशास्त्रको चीर हरण गरिरहेका छन् । ती नागरिकलाई रैतीकरण गरेर आफुलाई देवत्वकरण गरिरहेका छन् । ती मुलुकसँग मजाक गरिरहेका छन् । युवा, महिला, वृद्धसँग मजाक गरिरहेका छन्, र ती मुन्छेको दरिद्रतामाथी मजाक गरिरहेका छन् । तिनले स्थापित गरेको सत्य दलित, निर्धा निमुखा र युवा ती बजारका बिकाउ माल हुन् जसलाई आवश्यकतामा पैसाले खरिद गर्न सकिन्छ । लोकतन्त्रको कुन शौन्दर्यता भित्र एक्काइसौँ शताब्दिमा नागरिकलाई खरिद विक्रीगर्ने व्यवस्था गरिएको होला ?
प्रश्नगर्नु जरुरी छ ।
मुलुकले धेरै लडाइँ अधिकारको लागि लडिसकेको छ, हजारौं नागरिक अधिकारको लडाइँमा शहिद बनेका छन्, अङ्गभङ्ग भएका छन् र वेपत्ता भएका छन् । सयौँ वृद्ध आमाबाले जीवनको सहारा गुमाएर आँसुमा डुबिरहेका छन् । सयौँ नारीहरु पति वियोगमा कष्टकर जीवन व्यतितगर्न बाध्य छन् र हजारौँ कलिला नानीहरु बाबुको न्यानो काखर स्नेही साथको अभावमाजीवनको वयल गाढा गुडाउन अभिषप्त छन् । मुलुकअहिले पनिगरिबीको रेखामुनि छ । देशको अस्मिता, गरिमा र सार्वभौमिकता माथी विस्तार वादीहरुको निरन्तर प्रहार भइरहेको छ । नागरिकको जीवन माथीको कालो धब्बा मेट्ने कसमखाएर हरेक चुनावमा विजयीभएर गएको सभासद संसदमा सरकार भत्काउन र बनाउन व्यस्त छ । मन्त्रीखान चाकडी चाप्लुसी गर्न मग्न छ । समयको यो चक्रनियति जस्तो नियमित चलिरहेको छ । हिजो जहाँ थियो गाउँ आज उहीँ छ । हिजो जस्तो थियो आजपनि उस्तै छ तर चुनावको मुखमा नेताहरुले विकासको वर्षा गरिरहन लज्जा बोध गर्दैनन् । विशेषत मुलुक अहिले दुई ध्रुवमा विभाजित छ, वामपन्थी र दक्षिणपन्थी । स्थिरता, सुशासन, विकास र समाजवादको लागि बामपन्थीहरुले जुनचुनावी एकता गरेका छन् त्यसले परम्परागत दक्षिणपन्थीहरुको लोकतान्त्रिक र प्रजातान्त्रिक झुटलाई नागरिक सम्मुखनाङ्गै उभ्यार्इ दिएको छ । मुलुकको परिवर्तनमा सबै भन्दा ठूलो बलिदानी, त्याग र जीवनको उर्जा खर्च गरेका वामपन्थीहरुले जुन सपना नागरिकहरु सम्मुख बाँडिरहेका छन् ती इतिहासले ठगिएका प्रश्नहरुले निर्माण गरेका सपनाहुन् । तीअभाव, दरिद्रता, बेरोजगारी, दुःख,पीडा, असमानताले निर्माण गरेका सपना हुन् जसको प्राप्तिको लागि मुलुकले साढे दुईसय वर्ष त्याग र बलिदानी गरिरहेको छ । नागरिक सर्वोच्चता र मुलुकको सार्वभौमिकता, नागरिक हक र अधिकारको लडाइँले प्राप्त गरेका सपनालाई सम्मानगर्नु नागरिकको कर्तव्य पनिहो । अतिरञ्जनापूर्ण लाहुरे विकास हैन नागरिक र मुलुकलाई नीति, थीति र कानुनको सम्मानगर्ने शासक र विधि चाहिएको थियो, हिजो र आजपनि, तर मुलुकको परिवर्तनमा सबै भन्दा धेरै त्याग गरेको बखेडा झिकेर झुटको खेती र नागरिक अभिमतलाई दलाल, भ्रष्ट र विदेशीका पैसामा सधैं अपहरण गर्ने दक्षिणपन्थीहरु जो आफुलाई अब्बलदर्जाको विकास प्रेमी, लोकतन्त्रवादी भनिरहेका छन् तिनले चुनावलाई यसपटक पनि लेनादेनाको व्यापारमा परिणत गरिरहेका छन् जो मौज्जुदा कानुन, नियम र निर्वाचन आचार संहिताको बर्खिलाप छ । च्यूँडोमा हात टेकाएर चुनावी दौडाहामा निस्किएको नेताको भाषण सुनिरहेको नागरिक बबुरो जिन्दगीको अभिषप्त मोडमा उभिएको छ, उसको नङ्ग्याईँ, उसको भोक, उसको अभावत्यसले उसलाई बेचिन विवस तुल्याईरहेको छ । टोल र चोकको चिया पसलमा क्यारेमबोर्डमाजीवनको उर्जा खर्चिरहेको युवा सुरापानको मोहनीमा फसिरहेको छ । निर्धा निम्छरा बस्तीमा बाँडिएका झुटका पुलिन्दा र नगदका बिटाले लोकतन्त्रको शौन्दर्य शास्त्र जसले जन्माएको फरमानजारी गरिरहेका छन् उनीहरुबाट नै बलात्कृत भईरहेको छ । जसरी पनि चुनाव जित्ने प्रवृतिले एकातिर चुनाव धान्न दलहरु नसक्ने अवस्थामा देखिन्छन् भने त्यसले जन्माएका हजारौँ विकृति, विसंगति, गाह्रा साँघुरा, हिंसा, प्रतिहिंसा र घृणाले नेपाली समाजलाई पुनः सन्निकट गृहयुद्धको बाटोमा पु¥याउने खतरा बढिरहेको देखिन्छ । हामी सत्ताकब्जाको यो घृणित खेललाई लोकतन्त्रको अभ्यासको रुपमा अरु कति सय या हजार वर्ष स्वीकार गरेर आफुलाई बेचिरहनु पर्ने होला मालिक ? प्रश्नगर्नु जरुरी छ ।
र प्रश्नगर्नु जरुरी छ…………….इतिहासको भित्ताभरी टाँसिएका तथ्यहरुलाई नागरिकले सुन्नपाउने गीत किनबनाउन सकिरहेका छैनन् राजनीतिज्ञहरुले ? किन सत्तालाई ठेकेदारीकरण गरेर तीलोकतन्त्रको लोरी गाउँदै कुदिरहेका छन् बस्ती बस्ती ? किन ती अभावमाथी सबै भन्दा धेरै मजाक गरिरहेका छन् ? युवा माथी किन ती अन्याय गरिरहेका छन् ? महिला माथी किनती खेलवाड गरिरहेका छन् ?दलित र सीमान्तकृत तथा जनजाति र अभावमा जीवनको गाढा गुडाईरहेका नागरिक माथी किन तीनिर्लज्ज राजनीति गरिरहेका छन् ? अथाह पैसा, सत्ता र शक्तिको आडमा चुनावलाई कब्जागर्ने कुरुप खेल लोकतन्त्रको कुन शौन्दर्यता भित्रकोरिएको छ ? टोल टोल र चोक चोकबाट प्रश्नगर्नु जरुरी छ ? मुलुकको अस्मिता, अखण्डता र सार्वभौमिकता माथी भएको अतिक्रमणमा किनमौन छन् ती ? बेरोजगार नागरिकप्रति तिनको संवेदना किनदुख्दैन ? तर जब जबचुनाव आउँछ ती घोषणा पत्रका मुहुनीदार लिखत बोकेर जनताको घरदैलोमा विचरण गरिरहेका हुन्छन् किन ?अरु कति सय या हजार वर्ष नागरिक बबुराले पङ्गु बनिरहेनुपर्ने हो ? अरु कति सय या हजार वर्ष हामीले तिमीलाई भगुमानलाई जसरी पुजा गरिरहनु पर्ने हो ? बलिदानी दिईरहनु पर्ने हो ? र तिम्रो इच्छाको दाशभएर हामीले खुरुखुरु हाम्रो आत्मालाई तिम्रो चिन्हमा बलिदिनुपर्ने हो ?
जब प्रश्न गरिनेछ प्रश्नहरुले नै हामीलाई जीवनको सही बाटो देखाइ दिनेछन् । प्रश्नहरुले नै हामीलाई मुन्छे भएर बाँच्न सक्ने आधार खडा गरिदिने छन् । प्रश्नहरुले नै हामीलाई एउटा स्वतन्त्र, सार्वभौम र विकसित राष्ट्रको नागरिक भएर बाँच्न सक्ने हैसियत प्राप्तहुनेछ । प्रश्नलाई प्रश्नगर्ने दलाल, नोकरशाह र भ्रष्टहरुलाई हजार पटक प्रश्न गरौँ के तिमी यो युगको देवताहौ जसलाई प्रश्न गर्न बर्जित छ ???
Previous Articleगाउँको बिकासलाई गती दिन मेरो उम्मेदवारी ( अन्तरवार्ता)
Next Article शुद्ध राजनीतिका कुरा