बागलुङ, ७ मंसिर– निर्वाचनको मिति नजिकिंदै जाँदा दलहरुले प्रचार प्रसार अभियानलाई तिब्र बनाएका छन् । सुन्य समय सुरु हुनु पुर्व घरदैलो तथा मतदातालाइ भेट्ने काम सकिने गरी अभियान चलाई रहेका दलहरुले अभियानलाई थप गति दिएका हुन् । अभियान अन्तररगत बाम गठबन्धनले बुधबार बानपा–६ लहरेपिपलमा आम सभा सम्पन्न गरेको छ । कोण सभा भनेर कार्यक्रमको आयोजना भएको भए पनि सर्वसाधारणहरुको बाक्लो उपस्थितीले आम सभामा परिणत भएको एमाले जिल्ला सचिव लाल थापाले जानकारी दिए । लहरे पिपलमा पुगेका गठबन्धनका उम्मेदवार तथा नेताहरुले लहरे पिपलमा देखीएको सहभागीताले बागलुङ नगरपालिका भित्र कांग्रेस सँगको मतान्तर निकै फराकिलो हुने बिश्वास ब्यक्त गरे ।
कार्यक्रममा बोल्दै एमाले नेता तथा बागलुङ क्षेत्र नं १ का साझा बाम उम्मेदवार सुर्य पाठकले चुनावको मिति जस्तै गरी आम मतदाता बाम उम्मेदवार प्रति नजिकींदै गएको प्रतिकृया दिए । सर्वसाधरणमा बाम उम्मेदवार प्रति आस्थावान र आसाबादी रहेको भन्दै पाठकले जनबिश्वास घट्न नदिन अहोरात्र खटेर काम गर्ने बताए । कार्यक्रममा बोल्दै नेकपा एमालेका जिल्ला अध्यक्ष एबं क्षेत्र नं १ को १ का उम्मेदवार इन्द्रलाल सापकोटाले समयले देशमा बाम शक्तिको सरकार चाहेको भन्दै सोहि अनुसारको जनमत आउने विश्वास ब्यक्त गरे । कांग्रेसलाइ पटक पटक मतदान गरेर परिवर्तन अनुभव गर्न नपाएका मतदातालाइ परिर्वतनको अनुभुती दिलाउने गरी आँफुले काम गर्ने उनको भनाई थियो । कार्यक्रममा नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य कृष्ण केसी, नेकपा एमाले उर्जा बिभाग सदस्य हिरा केसी, नेपाल बुद्धिजिबि परिषदका उपाध्यक्ष सिताराम घले परियार, नेकपा एमालेका जिल्ला सचिव लाल थापा लगायतले बोलेका थिए । वडा कमिटि अध्यक्ष मानबहादुर केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा खेमराज सापकोटाको स्वागत र नारायण कार्कीको सञ्चालन रहेको थियो ।
निर्वाचनहुन ५ दिनमात्रबाँकी रहँदाबाम गठबन्धनले निर्वाचनप्रचार–प्रसार तथाजनभेटघाट कार्यक्रमलाई तिब्र बनाएको छ । यसैबिच अभियान अन्तरगत बुधबार सर्कुवामा भएको कोण सभामा बोल्दै क्षेत्र नं १ को २ का उम्मेदवार कृष्ण थापाले जनताले अनुभुति गर्ने राज्य सञ्चालनका लागी बाम उम्मेदवारहरुले जित्नुपर्ने बताएका छन् । थापाले अहिलेको जनमाहोल बामपक्षमा रहेको बताउँदै बाम उमेदवार बाहेक अन्यलाई मतहालेर जनताले मत नफाल्ने विश्वास गरे । कार्यक्रममा नेकपा एमालेका लिला राना, नेकपा माओवादी केन्द्रका सकसबहादुर क्षेत्री, अखिल भारत नेपाली एकता समाजका पुर्व नेता केबि थापा, युवक संघका सञ्जाल शर्माले बोलेका थिए । जैमिनी नगरपालिका वडा न. ४ का वडा अध्यक्ष एवं एमाले नेता चक्र थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत लक्ष्मी किसान र सञ्चालन चन्द्र बहादुर केसीले गरेका थिए । केही दिन अघि मात्र नेपाली कांग्रेसमा प्रवेश गरेका बागलुङको राङखानी नाम्दुकका युवाहरु पुनःबाम गठबन्धनमा नै फर्किएका छन् । शनिबार मात्रै नेपाली कांग्रेसमा प्रवेश गरेका जिल्लाको जैमिनी नगरपालिका वडा नम्बर १० राङखानी नाम्दुकका बिरेन्द्र पुनलगायतको समुह बाम गठबन्धनमै फर्किएका हुन् । उनीहरुलाई नेकपामाओवादी केन्द्रका सचिवालय सदस्य लिलबहादुर थापाले अविर लगाएर स्वागत गरेका थिए ।
पार्टि प्रबेश कार्यक्रमका बिच भएको स्वागतमा बाम गठबन्धनमै फर्केका पुनले आफुहरु नेपाली कांग्रेसको आश्वासनले फसिएको बताउँद बाँकि दिन बाम गठबन्धनको पक्षमा मतदान गर्ने गरी अभियानमा लाग्ने बताए । यस्तै नेकपा माओवादि केन्द्रका स्थायी समिति सदस्य तथा निर्वाचन क्षेत्र नं २ का वामगठबन्धन बाट साझा उमेदवार देबेन्द्र पौडेलले वामपन्थीहरुले लोकतान्त्रिक प्रणालीबाटनै देशलाई नयाँ युगमा लैजाने बताएका छन् । पचासौं बर्ष काङ्ग्रेसको अधिनायकवाद ब्योहोरेका जनताले आसन्न निर्वाचनमा समृद्धि र विकासको एजेन्डा बोकेको वामगठबन्धनलाइ पुर्ण बहुमत दिएर देशलाई नयाँ युगमा लैजाने अभियानमा साथ दिन आग्रह गरे । बुधबार २ नं निर्वाचन क्षेत्रमा संयुक्त वामगठबन्धनले ताराखोला गाउँपालिकाको ताराखोलामा आयोजना गरेको चुनावी सभामा बोल्दै उमेदवार पौडेलले उक्त कुरा बताएका हुन । देशमा अस्थिरतामा रहिरहदा विकास र समृद्धिका एजेन्डा अघि बढ्न नसकेको भन्दै अब वामपन्थीलाई जनताले पुर्ण बहुमत दिएर पाँच बर्ष सम्म सरकार चलाउने वातावरण बनाउन आग्रह गरे ।
कार्यक्रममा प्रदेश सभा सदस्यका साझा वामउमेद्वार चन्द्र बुढा सागरले बागलुङको २ नम्बर क्षेत्रलाई केन्द्र र प्रदेश सँग जोडेर विकासका कामले नमुना प्रदेशको रूपमा स्थापित गर्ने बताए । उनले प्रदेशलाइ देशकै नमुना बानाउने भन्दै ‘हाम्रो टिम मिलेको छ, हामी तिन शक्ति एक भएर आयका छौ’ उनले भने ‘अब हामी जनताको परिबर्तनका लागि मात्र काम गर्ने छौ र यो क्षेत्रलाई नमुना क्षेत्रको रूपमा विकास गर्ने छौं ।’ उनले आँफुले जिते जनताको चाहाना अनुसारको बिकास गर्ने प्रतिबद्धता समेत जनाए ।