गुल्मी, ४ मंसिर – नेकपा एमालेका सचिव गोकर्ण विष्टले आसन्न निर्वाचनमा वाम गठबन्धनले जितेमा आगामी १० वर्षमा बीस हजार बिजुली उत्पादन हुने र विदेशमै बिक्री गर्न सकिने बताएका छन्। यही मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचार-प्रसारका लागि गुल्मीमा पुगेका विष्टले एक चुनावी सभालार्इ सम्बोधन गर्दै वाम गठबन्धनले जिते दश वर्षमा २० हजार मेगावाट बिजुली उत्पादने बताएका हुन्।
‘नेपालका नदीबाट पानी बगेर खेर गइरहेको छ तर हामी विदेशबाट विद्युत् निर्यात गर्न विवश छौँ, हामीले जितेमा आगामी तीन वर्षमा मुलुक विद्युत्भार मुक्त हुनेछ र दश वर्षभित्र २० हजार मेगावाट बिजुली उत्पादन गरी बिक्री गरिनेछ’ उनले भने। मुलुकमा ७० प्रतिशतभन्दा बढी जनताको अभिमत वामपन्थीका प्रति भए पनि कम्युनिष्टहरुको विभाजनका कारण विगतमा नेपाली काँग्रेसले शासन सञ्चालन गरेको उल्लेख गर्दै उनले अबको निर्वाचनले त्यो अवस्थाको अन्त्य गरी मुलुकको समृद्धिको यात्रा तय गर्ने बताए।
सचिव विष्टले वामपन्थीको सरकार बनेपछि हाल मासिक रु दुई हजार रहेको वृद्धभत्ता रु पाँच हजारमा पु¥याउने बताउँदै आफ्नो निर्वाचन क्षेत्रको सबै घरमा एकै रङको टीनको छाना लगाउने, हरेक घरमा निःशुल्क बाख्रा वितरण गर्ने, दलितका छोराछोरीलाई स्नातकोत्तरसम्म निःशुल्क शिक्षा दिने, जिल्लाभित्र र जिल्लान्तरका सडक बाटालाई विस्तार, मर्मत एवं निर्माण गर्ने, जिल्लालाई पर्यटकीय र सम्पन्न बनाउने योजना रहेको बताए ।
वामगठबन्धनले जिते दश वर्षमा २० हजार मेगावाट बिजुली-विष्ट
Previous Articleगजल (पिरतीको माहामारी)
Next Article वामगठबन्धनले काङ्ग्रेस अतालिएको छ – अध्यक्ष केसी