भन्छन् ! यी छोराहरूले त केही काम गर्दैनन्
लाग्छ, मेरा बाले कहिल्यै पनि आराम गर्दैनन्
आँखा झिम्काउनु अघि तिमीले यो सोच्नुपर्थ्यो
आजकल नजरहरु सुन्दरताको गुलाम गर्दैनन्
आत्महत्या कायरता हो कसरी भन्न सकिन्छ रु
जिन्दगी बुझेकाहरुले मृत्युको बदनाम गर्दैनन्
केवल एउटा प्रश्न छ मेरो डाक्टरहरुको लागि
यो पिरतीको माहामारी किन रोकथाम गर्दैनन् रु
कति बेबारिसे रहेछन् यी निष्ठुरीका यादहरू नै
मस्तिष्कमा आउँछन् तर जाने इन्तजाम गर्दैनन्
🖎 विनोद विवश
जैमिनी ०१, बागलुङ