बागलुङ, ४ मंसिर – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले अहिलेको वाम गठबन्धनबाट काङ्ग्रेस नराम्रोसग आत्तिएको वताएका छन । । एमाले र माओवादी केन्द्र पार्टी एकता गर्नेसम्मको तयारी गर्दा सबैभन्दा बढी काङ्ग्रेस अतालिएको छ, गल्कोट नगरपालिकाको दुदिलाभाटिमा संयुक्त वामगठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै केसीले भने -अवको निर्वाचनमा बाग्लुङ र प्युठानवाट काङ्ग्रेस शुन्य सिटमा चित्त बुझाउने छ ।
कम्युनिस्ट आन्दोलनको महत्त्वपूर्ण जिल्ला बाग्लुङ रहेको भन्दै जिल्लामा रहेका कम्युनिस्टहरु ढिलै भयपनि एउटै गठवन्धन भएर आउदा म धेरै खुशी छु केसीले भने । कम्युनिस्ट आन्दोलनको इतिहास बोकेको यो जिल्लामा अहिले सबै वाम एक भएर आउँदा काङ्ग्रेसले जित्छु भनेर कल्पना पनि नगरे हुन्छ उनले भने । सभामा बोल्दै केसीले हामी वाम टुट्फुट हुँदा सधै काङ्ग्रेसले फाइदा उठायो, अहिले वाम एक भए भन्दा बित्तिकै काङ्ग्रेस घाइते बाघ जस्तो भएको छ । धेरै बर्ष काङ्ग्रेसले पन्चेको साथलियर सत्ता चलायो तर देशले निकास पाउन सकेन त्यसैले अब देशको नेतृत्व वामपन्थीको काधमा आएको वताए ।
सभामा बोल्दै नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा निर्वाचन क्षेत्र नम्बर २ का वामगठबन्धनबाट प्रतिनिधिसभाका साझा उमेदवार देबेन्द्र पौडेलले देश समृद्धिको जिम्मा वामपन्थीहरुको काधमा आएको वताए । पौडेलले देशमा स्थायित्व र विकासका लागि अब २० बर्ष वामपन्थीले सरकारको नेतृत्व गर्नु पर्ने वताए । कार्यक्रममा बोल्दै उमेदवार पौडेलले अब जनता सचेत हुन आवश्यक रहेको भन्दै अब विकासको अनुभुती गर्ने दिन आएको वताए ।
बिगतमा वाम शक्तिहरु टुटफुट हुँदा सधै काङ्ग्रेसले जनताको जिवनमा खेलवाड गरे अब वामपन्थीहरुलाइ दुइतिहाइ दिएर काम गर्ने मौका दिन उनले आग्रह गरे । । विगतमा पनि यहिका उमेदवारलाइ तपाईहरुले जिताउनु भयो, अब समिक्षा गर्नुस के परिवर्तन भयो म आग्रह गर्न चाहान्छु – यदि यो क्षेत्रको परिवर्तन चाहानु हुन्छ, विकास र समृद्ध बागलुङ चाहानुहुन्छ भने मलाई नै मत दिनुस भन्दिन, तर यो पटक वामगठबन्धनलाई मत दिएर बिजयी गराउनुस पौडेलले भने । काङ्ग्रेसलाई पटक पटक यो क्षेत्र वाट अवसर दिनु भयो तर विकासका एजेन्डा कति प्राथमिकतामा परे परेनन् अब गहिरो सग समिक्षा गर्नुस् ।
सभामा प्रदेशसभाका साझा वाम उमेदवार चन्द्र बुढा सागरले बाग्लुङका छ ओटै सिट वामगठबन्धनले जित्ने वताए । सभामा बोल्दै सागरले वामपन्थीहरु अहिले एक भएर आएका छ्न अब जिल्लाको विकास वामपन्थीले गर्ने छ्न भने । चुनावी समय नजिकिदै गर्दा उमेदवारहरुले चुनावी भेटघाटलाई तिव्र बनायका छ्न ।
वामगठबन्धनले काङ्ग्रेस अतालिएको छ – अध्यक्ष केसी
Previous Articleवामगठबन्धनले जिते दश वर्षमा २० हजार मेगावाट बिजुली-विष्ट
Next Article निर्वाचनको मुखमा म्याग्दीमा नक्कली नोटको बिगबिगी