बागलुङ, ३ मंसिर– निर्वाचनको मिति नजिकिनै लाग्दा जिल्लामा बाम गठबन्धनले प्रचार अभियानलाई आक्रमक बनाएको छ । शनिवार नेकपा माओबादी केन्द्रका सचिवालय सदस्य लिल बहादुर थापाको नेतृत्वको टोलीले जिल्लाको छिस्तिमा पुगेर घरदैलो अभियान सञ्चालन गरेको छ । घरदैलो पछिको कोण सभामा बोल्दै थापाले समाजबाद र निरंकुशताको अन्त्यका लागी बाम शक्तिहरुको बिजय अपरिहार्य रहेको बताए । थापा सहित एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका जिल्ला तहकार नेता टोलीमा सहभागी छन् ।थापा सहभागी कार्यक्रममा १ सय ५० जना भन्दा धरै कांग्रेस कार्यकर्ता बाम गठबन्धनमा प्रबेश गरेको माओबादी केन्द्रका केन्द्रिय सदस्य प्रदिप थापाले जानकारी दिए ।
यता जिल्लाको क्षेत्र नं १ का उम्मेदवार डा. सुर्य पाठक सहितको टोलीले जिल्लाको धम्जामा घरदैलो तथा कोणसभा सम्पन्न गरेको छ । कोण सभामा बोल्दै नेकपा एमाले जिल्ला अध्यक्ष तथा क्षेत्र नं १ को १ का उम्मेदवार इन्द्रलाल सापकोटाले बाम गठबन्धनका उम्मेदवारहरुप्रति मतदाता आकर्षित भएको भन्दै सकारात्मक नतिजाको लागि बाताबरण तयार भएको बताए । कार्यक्रममा बोल्दै क्षेत्र नं १ का उम्मेदवार तथा एमाले नेता सुर्य पाठकले जनताको प्रत्यक्ष जिवनसँग सरोकार राख्ने क्षेत्रको नितिगत सुधारका लागी बाम शक्तिको बिजय आवस्यक रहेको बताए ।
उता, क्षेत्र नं १ को २ का उम्मेदवार कृष्ण थापा सहितको टोलिले जिल्लाको कुश्मीशेरामा घरदैलो तथा कोण सभा सम्पन्न गरेको छ । कोण सभामा बोल्दै उम्मेदवार थापाले ७० बर्ष देखी कांग्रेसले सम्हालेको सत्ताको बागडोर बाम शक्तिहरुको हातमा ल्याउने बेला भएको बताए । कार्यक्रममा नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य शोभाप्रसाद शर्मा, एमालेका प्रदेश सभा सदस्य रुद्र आचार्य लगायतले बोलेका थिए । राजमो वडाअध्यक्ष चित्रप्रसाद चापागाईंको अध्यक्षतामा सम्पन्न कार्यत्रममा स्वागत राजमोका ठाकुर पौडेल र सञ्चालन माओबादी केन्द्रका झपिन्द्र बहादुर क्षेत्रीले गरेका थिए ।
यसैगरी क्षेत्र नं २ का बाम साझा उम्मेदवार देबेन्द्र पौडेल सहितको टोलीले जिल्लाको पाण्डबखानीमा घरदैलो तथा चुनावी सभा सम्पन्न गरेको छ । सभामा बोल्दै नेकपा माओवादीका नेता समेत रहेका पौडेलले बाम उम्मेदवारहरुको बिजयलाई कसैले रोक्न नसक्ने बताए । जनमत बाम शक्तिको पक्षमा रहेको उल्लेख गर्दै पौडेलले अन्यदल तथा उम्मेदवारले हार स्वीकार गर्न मात्रै बाँकी रहेको उल्लेख गरे । देशको मुहार फेर्नको लागी स्थिर सरकार र बाम शक्तिहरुको महुमत आवस्यक रहेकाले बाम उम्मेदवारको पक्षमा मतदान गर्न आग्रह गरे ।
छिस्ती कुश्मीशेरा धम्जा र पाण्डवखानीमा वाप गठबन्धनको प्रचार अभियान
Previous Article२०७४ मंसिर ३ गते आईतबारको राशिफल
Next Article वडा सदस्यको घरमा सुतली बम