बागलुङ, ३ मंसिर–जिल्लाको बडिगार्ड गाउँपालिका ५ न्वारामा सुतली बम फेला परेको छ । बडिगार्डका वडा सदस्य टिका काउचाको घरको गेटमा सुतली बम फेला परेको प्रहरीले जनाएको छ । आईतवार बिहान बम जस्तो शंकास्पद बस्तु फेला परेपछि काउचा परिवारले प्रहरीलाइ खवर गरेको थियो । इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट प्रहरी निरिक्षक कृष्णबहादुर राना सहित त्यहाँ पुगेको प्रहरीको टोलीले बमको पहिचाहन गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । प्रहरीले तत्काल नेपाली सेनाको टोलीलाइ बोलाएर सेनाको टोलीले बम निस्कृय थियो । बम निस्कृय पारेपछि त्यहाँको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । बम कस्ले र किन राखेको हो भन्ने बिषयमा अनुसन्धान भैरहेको प्रहरी नायव उपरिक्षक बिश्वराज सिंह थापाले जानकारी दिए ।