बागलुङ, ३ मंसिर – नेपाली कांग्रेस काठेखोला गाउँपालिकाका अगुवा कर्याकर्तालाई चुनावी रणनीति सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपाली काँग्रेस काठेखोला गाउँपालिकाको आयोजनामा भएको चुनावी रणनीति सम्बन्धी प्रशिक्षण कार्यक्रममा सहजीकरण गर्दै नेपाली काँग्रेस बागलुङका जिल्ला सदस्य एवं क्षेत्र नम्बर १ प्रदेश सभा (१) का निर्वाचन परिचालन समिति संयोजक बसन्तकुमार श्रेष्ठले अहिले निर्वाचनमा नेपाली काँग्रेसले जित्नुको विकल्प नरहेको बताए ।
बामपन्थी दलहरुले मुलुकको लोकतन्त्रलाई सखाप पार्ने प्रयासमा लागेकाले लोकतन्त्रको रक्षाका लागि पनि काँग्रेसले निर्वाचन जित्नुपर्ने उनले बताए । उनले लोकतन्त्र चाहाने सबैले नेपाली काँग्रेसलाई रुख चिन्हमा मतदान गर्न समेत आग्रह गरेका थिए । कार्यक्रममा नेपाल महिला संघकी जिल्ला अध्यक्ष शकुन्तला शर्मा, काँग्रेस जिल्ला सदस्य खिमानन्द पौडेल, नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष खडक थापाले पनि प्रशिक्षण दिएका थिए । करिब डेढ सय नेता कार्यकर्ता सहभागी कार्यक्रममा नेपाली काँग्रेसका पूर्व पाटी सभापति गोविन्द कँडेल, समानुपातिक उम्मेदवार कोपिला बोहोरा, महासमिति सदस्य होमबहादुर हमाल, क्षेत्री सभापति चिरञ्जीवी गौतम लगायतले लोकतन्त्रको रक्षा र मुलुकको आर्थिक समृद्धिका लागि रुख चिन्हमा मतदान गर्न आग्रह गरेका थिए । कार्यक्रम नेपाली काँग्रेस काठेखोला गाउँपालिका सभापति ज्ञामनाथ कँडेलको अध्यक्षता सहअध्यक्ष शिव कँडेलेको स्वागत र खडक थापाको सञ्चालनमा सम्पन्न भएको थियो । यसैबिच नेपाली काँग्रेस क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका उमेदवार नर बहादुर पुन निरजले गलकोटको समृद्धिका लागि नेपाली काँग्रेसलाई मतदान गर्न आग्रह गरेका छन् । नेपाली काँग्रेस गलकोट नगरपालिका वाड नम्बर ४ को सम्पर्क कार्यालय उदघाटन तथा चुनावी सभालाई सम्बोधन गर्दै पुनले यस्तो बताएका हुन् । उनले नेपालि काग्रेसले गरेको बिकास निर्माणले गर्दा आफुहरुलाई जनताले ढुक्कका साथ मतदान गर्ने समेत बताए । कार्यक्रममा गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरे, उपप्रमुख रेनुका काउचा मगर, क्षेत्रीय सभापति दोर्ण कुँवर, निर्वाचिन परिचालन समिति प्रदेश १ का संयोजक फम खत्री, महाधिबेसन प्रतिनिधि मञ्जु शर्मा चालिसे, पूर्व जिल्ला सदस्य मुकुन्दसिंह भण्डारी, राम बहादुर खत्री लगायतले बोलेका थिए ।
कार्यक्रम नेपाली काँग्रेस गलकोट नगरपालिका वाडल नम्बर ४ का अध्यक्ष ओमबहादुर भण्डारीको अध्यक्षता, ओमकार सुवेदीको स्वागत मन्तव्य र दोर्णराज पौड्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।
यसैबिच नेपालि काग्रेस क्षेत्र नम्बर २ को चुनावी अभियान ताराखोला गाउपालिका वाड नम्बर १ माझखर्कमा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रतिनिधि सभा उमेदवार नर बहादुर पुन निरजले विकास निर्माण र लोकतन्त्रको संस्थागत विकासका लागी नेपाली काँग्रेसको बिकल्प नभएका कार्यक्रममा समानुपाति उमेदवार मणिभन्द्र कँडेलले शिक्षा, स्वास्थ, संचार, यातयात लगायतका क्षेत्रको बिकासका लागी नेपाली काँग्रेसलाई मतदान गर्न आग्रह गरे । कार्यक्रममा क्षेत्रीय सभापति दोर्ण कुँवर, महाधिबेसन प्रतिनिधि मञ्जु शर्मा चालिसे लगायतले बोलेका थिए । कार्यक्रम नेपाली काँग्रेस ताराखोला गाउपालिका वाड नम्बर १ का अध्यक्ष काजिमान घर्तिको अध्यक्षता, नन्दलाल गैरेको स्वागत मन्तव्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
यसैबीच
नेपालि काँग्रेस क्षेत्र नम्बर २ को क प्रदेशको बैठक सम्पन्न भएको छ । बैठकले आगामि मंसिर ४ गते नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल, युवा नेता गगन थापा, नेपाली काग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारी एवम लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रमलाई भष्यताका साथ सफल पार्न कार्यबिभाजन गरिएको छ । जसअन्तर्गत प्रचार प्रसारका लागी ढालिन्द्रप्रसाद गौतम, यातयातका लागी नारायणध्यवज मल्ल, मञ्च ब्यवस्थापनमा मुकुण्ड सिह भण्डारी, सास्कृतिका लागी श्रीकृष्ण बम मल्ल र जनपरिचालनका लागी पार्टीका सहसंयोजक तथा पार्टीबाट निर्वाचत वाड अध्यक्षहरुलाई जिम्मेबारी प्रदान गरिएको हो । आम सभामा क्षेत्र नम्बर २ का सम्पुर्ण जनसमुदायलाई सभामा उपस्थितिका लागी उपस्थित हुन अनुरोध गरेको छ । बैठक निर्वाचन परिचालन समितिका अध्यक्ष फमबहादुर खत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
Previous Articleकेसी, थापा र शर्मा अभियानमा लागे जनताको घरदैलोमा प्रभावशाली नेता
Next Article लोकतन्त्र र पार्टीप्रतिको निष्ठा