बागलुङ, ३ मंसिर – निर्वाचनको मिति नजिकिंदै जाँदा बाम उम्मेदवारको पक्षमा जनमत सिर्जना गर्न गठबन्धन दलका प्रभावशाली नेताहरु मतदाताको घरदैलोमा जान थालेका छन् । आफ्नो उपस्थितिले प्रभाव पर्न सक्ने क्षेत्रको पहिचान गर्दै नेताले मतदाताको घरदैलो गर्न थालेका हुन् । जिल्लामा क्रियाशिल नेताहरुले निर्वाचन परिचालन समितीमार्फत उम्मेदवारसँगै प्रचार–प्रसारमा सक्रिय भईरहेका बेला केन्द्रिय स्तरका नेताहरु मतदाताको घरदैलोमा पुग्न थालेका छन् ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी बिहिबारको विशाल जनसभालाई सम्बोधन गर्न बागलुङ आए । केपी ओली र प्रचण्डसँगै बागलुङ आएका केसी उनीहरुसंग नफर्की जिल्लाको मल्ममा मतदाता भेटघाटमा लागे । बाम उम्मेदवारको पक्षमा जनमत सिर्जना गर्न केसीले कार्यकर्ता भेटघाट तथा मतदाताको घररदैलो गरे । माओवादी केन्द्रका सचिवालय सदस्य तथा बागलुङका प्रभावशाली नेता लिलबहादुर थापाले शुक्रबारदेखी घरदैलो अभियान थालेका छन् । जिल्लामा रहेका बाम उम्मेदवारको पक्षमा जनमत सिर्जना गर्न भन्दै थापा घर दैलो अभियानमा निस्केका हुन । पार्टि कामको शिलशिलामा काठमाण्डौमा ब्यस्त रहेका थापा निर्वाचनको मिति नजिकिँदै गर्दा आफ्नो क्षेत्रका बाम उम्मेदवारलाई जिताउने अभियानमा लागेका हुन् । बागलुङका पुर्व जिल्ला विकास समितीका सभापति समेत रहेका थापा बाम गठबन्धनका साझा उम्मेद्वार डा. सूर्य पाठक, कृष्ण थापा, इन्द्रलाल सापाकोटा, देबेन्द्र पौडेल लगायतका उम्मेदवारको पक्षमा जनमत सिर्जना गर्न मतदाताको घरदैलोमा जान लागेको बताए ।
शनिबार जिल्लाको जैमिनी नगरपालिका–८ छिस्तीबाट आफुले अभियना थाल्ने थापाले बताए । जिल्लामा लामो समय कम्युनिष्ट राजनीतिमा क्रियाशिल थापा जिल्लाका प्रभावशाली नेताको रुपमा चिनिदै आएका छन् । वाम उम्मेदवारलाई मतदान गरेर राष्ट्रलाई निकास दिन आग्रह गर्दै मतदाताको घर दैलोमा जान लागेको थापाको भनाई छ । बाम गठबन्धन भएपछि पार्टिहरुमा आएको बितृष्णा र केही असमझदारीलाई चिर्दै संयुक्त रुपमा प्रस्तुत भएका उम्मेदवारलाई साझा उम्मेदवार भएको अनुभुति गराउनको लागि बाम शक्तिको प्रचार अभियानमा लागेको थापाले बताए । थापाले निर्वाचन क्षेत्र नं १ मा प्रचार–प्रसारको कमाण्ड सम्हाल्ने भन्दै बाम गठबन्धनका उम्मेदवारलाई जिताएरै छोड्ने दाबी गरे । माओबादी केन्द्रकै अर्का प्रभावशाली नेता दिनानाथ शर्मा एक महिना अघिदेखि नै बागलुङ क्षेत्र नं २ का मतदाताको घरदैलोमा पुगेका छन् । त्यस क्षेत्रमा गठबन्धनबाट उम्मेदवार बनेका माओबादी केन्द्रका अर्का प्रभावशालि नेता देवेन्द्र पौडेललाई उनले सहयोग गरिरहेका छन् ।
केसी, थापा र शर्मा अभियानमा लागे जनताको घरदैलोमा प्रभावशाली नेता
Previous Articleटुकुचेमा जलविद्युत आयोजना निर्माण
Next Article चुनावि सभा प्रशिक्षण र घरदैलो गर्दै कांग्रेस